काठमाडौं – नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारहरुलाई विजयी बनाउन प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्न नेताहरुलाई जिम्मेवारी निर्धारण गरेको छ ।
आज महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा ‘स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समिति’ को बैठकले नेताहरूको जिम्मेवारी निर्धारण गरेको हो । बैठकले उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन सम्पूर्ण एकता, सालिनता र सक्रियताका साथ अघि बढ्ने निर्णय पनि गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, डा. प्रकाशशरण महत, पुष्पा भुसाल, मीन विश्वकर्मा र मधु आचार्यले आफ्नो धारणा राखेका थिए । उपहार खबर
कसलाई कुन प्रदेशको जिम्मेवारी ?
१) महालक्ष्मी उपाध्याय ‘डिना’ – बागमती प्रदेश
२) भीष्मराज आङ्दम्बे – कोशी प्रदेश
३) महेन्द्र यादव – मधेश प्रदेश
४) जीवन परियार – कर्णाली प्रदेश एवं गण्डकी प्रदेश
५) प्रकाशशरण महत – अन्तरपार्टी समन्वय
६) एनपी साउद – सुदूरपश्चिम प्रदेश
७) पुष्पा भुसाल – लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वय
८) मीन विश्वकर्मा – प्रचारप्रसार संयोजन
९) मधु आचार्य – स्थानीय तह समन्वय
१०) नानु बाँस्तोला – सचिवालय व्यवस्थापन