Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सोराले लगाइन् अनाथ बालबालिकालाई भाईटिका

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ कार्तिक १९, सोमबार ०७:२२
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० गड्डाचौकीकी सोरा चन्दले समाज कल्याण अञ्चल अनाथालयका बालबालिकालाई भाई टिका लगाएकी छन् । आइतबार विहान आमा, बुवा र भाई र आफन्तका साथ अनाथालय आएर भाई टिका लगाएकी हुन् ।

८ वर्षिया चन्द तीन वर्षदेखि अनाथालयका भाई टिका लगाउँदै आएकी छन् । तिहार भाई टिका बाहेक उनले बालबालिकालाई रक्षा बन्धन बाँध्ने गरेकी छन् । यस वर्ष पनि उनले अनाथालयमा भाई टिकालाई निरन्तरता दिएकी छन् ।

 

तिहारमा अनाथालय आएर आफ्नो घरमा जसरी दाजु भाईलाई टिका लगाउने गरेको चन्दले बताइन् । ‘ म घरमा जसरी दाई भाईलाई टिका लगाउँछु, त्यसरी नै यहाँ आएर पनि टिका लगाउँछु’ उनले भनिन्,‘यसले मलाई रमाइलो हुन्छ ।’

गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकेडेमीमा उनी कक्षा ५ मा अध्ययनरत छिन् । अनाथालयमा भाई टिका लगाउँदा उनका सहोरद भाई कोहिनुर चन्द उनीसंगै थिए । अनाथालयबाट घर फर्केपछि भाईलाई टिका लगाउने उनले बताइन् ।

आमा बुवाबाट प्रेरणा लिएर आफू अनाथालयबाट भाई टिका र रक्षा बन्धन मनाउँदै आएको चन्दले बताइन् । ‘यो कुरा मैले मम्मी डेडीबाट सिकेको हुँ, यसमा दुबै जनाको पे्ररणा पाएकी छु’ उनले भनिन् ।

 

उनका बुवा डा. हिरा चन्द(डायमण्ड) अनाथालयका उपाध्यक्ष छन् । आमा सुना चन्द गड्डाचौकीस्थित डायमण्ड पब्लिक एकडेमीका शिक्षण गर्छिन् । डा. चन्द डायमण्ड पब्लिक एकडेमीका संस्थापक एबम् प्रिन्सिपल हुन् ।

शिक्षण सेवासंगै समाज सेवामा सक्रिय उनी निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को केन्द्रीय सल्लाहकार छन् । अनाथालयमा उपाध्यक्ष अघि उनी सचिव थिए ।

छोरीले अनाथालयमा आएर भाई टिका र रक्षा बन्धन बनाउँदा आफूलाई खुसी लागेको चन्दले बताए । ‘तिहार र रक्षा बन्धनमा दिदी बहिनीको कमी महसुस नहोस भनेर छोरीले तीन वर्षदेखि भाई टिका र रक्षा बन्धन मनाउँदै आएकी छ, यसले म मेरो परिवार सबैलाई खुसी लागेको छ’ उनले भने ।

 

सोराले ५ वर्षको उमेरमा अनाथालयमा भाई टिका र रक्षा बन्धन मनाउन थालेकी हुन् । डा. चन्द दम्पत्ति सहित उनका आफन्त बर्सेनी भाई टिका र रक्षा बन्धनका दिन अनाथालय आउने गरेका छन् ।

सोराले अनाथालयमा सन्तोस अधिकारी, रमेश रावत, रोहित थापा, हरिश धामी र मदन धामीलाई टिका लगाएकी हुन् । अनाथालयका अन्य बालबालिका तिहार मनाउन आफन्तको घरमा गएको अनाथालयका कार्यालय प्रमुख दिवाकर भट्टले बताए । कार्यालय प्रमुख भट्टका अनुसार अनाथालयमा २५ जना बालबालिका छन् ।

 

सोराले भाई टिका लगाएपछि डा. चन्दकी सहोदर दिदी जनतरा चन्द मल्लले खिर खुवाएकी छन् । उनीहरुले अनाथालयमा मिठाई समेत वितरण गरेका छन् ।

भाई टिका लगाएपछि चन्दले मिडियासित आफ्नो भनाई राखिन् । डायमण्डमा कक्षा ५ मा अध्ययनरत उनी पढाईमा पनि अब्बल छन् ।

सोराले कक्षा १ देखि ५ सम्म स्कुल टप गरेकी छन् । नर्सरीदेखि डायमण्डमा अध्ययनरत उनी कलाकारित र स्पिच मन पराउँछिन् । भविष्यमा कलाकार (आर्टिस्ट) बन्ने उनी बताउँछिन् ।

 

विद्यालय स्तरीय स्पिच र चित्रकलाकला दुई प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरेकी छन् । स्पिपमा दोस्रो पटक र ड्रइङ्गमा पहिलो पटक प्रथम स्थान हासिल गरेकी हुन् । ‘ती दुबै प्रतियोगितामा प्रथम भएपछि मेडल पाएकी छु’ उनले भनिन्‘ स्पिचमा पहिलो पटक त खासै राम्रो गर्न सकेन ।’

वातावरण, विद्यालय, घर लगायतका विभिन्न चित्र बनाएको उनले बताइन् । अध्ययनमा रुची भएकी उनी नेपाली, विज्ञान पढ्न आफूलाई निकै राम्रो लाग्ने गरेको बताउँछन् । पढाईमा मिहिनेती र उत्कृष्ट अंक ल्याएपछि उनी कक्षा १ बाट ३ मा कक्षा स्तरोन्नति गरिएको हो ।

 

अनाथालयका कार्यालय प्रमुख भट्टले अनाथालयमा दाताहरुको सहयोगमा तिहार मनाई रहेको बताए । ‘दाताहरु आई राख्नु भाको छ, वहाँहरुसंगै तिहार मनाई रहेका छौ’ उनले भने ।

अनाथालयमा हाल २५ जना सबै केटाहरु मात्रै छन् । अनाथालयमा बसेर करन सिह धामीले केही दिन अघि बीबीए गरेका छन् । कञ्चन विद्या मन्दिरबाट बीबीएस गरेका उनी युरोप जाने तयारीमा छन् ।

 

अनालथयमा बसेर दुई जना कक्षा १२, ४ जना कक्षा १० र अन्यले त्यस भन्दा मुनिका कक्षामा पढ्दै आएका छन् ।

उनीहरुमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका छन् । कार्यालय प्रमुख भट्टका अनुसार उनीहरुमा केही बालबालिका मुगुका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ कार्तिक १९, सोमबार ०७:२२
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ कार्तिक १९, सोमबार ०७:२२
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल
देश/राष्ट्रिय

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ कार्तिक १९, सोमबार ०७:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८१ कार्तिक १९, सोमबार ०७:२२
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८१ कार्तिक १९, सोमबार ०७:२२
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८१ कार्तिक १९, सोमबार ०७:२२
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८१ कार्तिक १९, सोमबार ०७:२२
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८१ कार्तिक १९, सोमबार ०७:२२
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार

२०८१ कार्तिक १९, सोमबार ०७:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व