काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।
इन्डियन आयल कर्पोरेसनले जारी गरेको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०।२५ रुपैयाँ र डिजेलमा प्रतिलिटर १।०४ रुपैयाँ घटेर तथा मट्टितेलमा २।२४ रुपैयाँ, हवाई इन्धनमा ३।२३ र एलपी ग्यासमा प्रतिसिलिन्डर ५५।७० रुपैयाँ बढेर आएको छ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।
नयाँ परिवर्तन गरिएको नयाँ मूल्य आज बिहानदेखि लागु भएको निगमले जनाएको छ