महेन्द्रनगर , स्गुगुल्डि वाङमय प्रतिष्ठानको आयोजनामा ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ति रौटेलाधाममा सम्पन्न भयेको छ। आजै भीनपा१मा रहेको धार्मिक तथा पर्यटकीय स्थल त्रिशुलपार्क रौटेलामा सरसफाइ कार्यक्रम संगै देवकोटाप्रति रचना वाचनका माध्यमले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सम्पन्न भयेको छ। प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द विश्रामको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव जगदीश ओझाले गर्नु भयेको थियो।
रचना वाचन कार्यक्रममा साहित्यकार गंगा बिष्ट नेगी, सन्देश समर्पण, प्रेमप्रकाश कलौनी,मञ्जु गिरी प्रजापति नेगी, नारायण गिरी, हेमवाबु लेखक, खिमानन्द वडू ,प्रलेस कञ्चनपुर अध्यक्ष धर्मानन्द भट्ट, प्रलेस प्रदेश अध्यक्ष रमेश पन्त मीतबन्धु, लगायतले रचना वाचन गरि देबकोटा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।आजै सास्कृतिक महत्वकोपर्व तिहार अन्तर्गत लक्ष्मीपुजाको अवसरमाशुभकामना आदानप्रदानसंगै सुदूरपश्चिमको मौलिक” भैलो “खेल्ने कार्यक्रम समेत सम्पन्न भयेको छ। कार्यक्रममा भयेको साहित्यिक विमर्शमा यही मंसिर १ मा आयोजना हुने “।
शुक्लाफाँटा साहित्य उत्सव” बारेमा राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले जानकारी दिनु भयेको थियो भने गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाले सुदूर पश्चिमका विषयवस्तुमा केन्द्रित अनुसन्धानात्मक संयुक्त कृति प्रकाशनबारेमा जानकारी दिएका थिए भने डोट्याली भाषाको ब्यङ्ग्य निबन्ध “अटिण्णो “लेखन प्रकाशन बारेमा साहित्यकार खिमानन्द बडूसंग परामर्श गरिएको थियो।
Discussion about this post