सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न: क्षितिज, आशिष र नवीन विजयी

कञ्चनपुर । कञ्चनपुरकाे वेदकाेट नगरपालिका -८ मा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएका हुन् ।

राष्ट्रिय ब्लिट्ज बुद्धिचालमा आशिष फुयाल विजयी भएका छन् । भने क्षितिज भण्डारी दाेश्रोप्रकासचन्द्र नेपाल तृतीय भएका छन् । दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनसिप नवीन तन्डुकार विजयी भएका हुन् । भने सुसरत दहाल दोश्रो र क्षितिज भण्डारी तृतीय भएका छन् ।

तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा क्षितिज भण्डारी विजयी हुँदा रूपेश जैसवालले दोश्रो र दीर्घराज जोशीले तृतीय स्थान हासिल गरेका छन् । तीन वटा छुट्टाछुट्टै प्रतियोगितामा क्षितिज भण्डारी, आशिष फुयाल र नवीन तन्दुकार विजयी भएका हुन् ।

Mahakali Polytechnic

पदकधारी खेलाडीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसमेत सम्मानित गरिएको छ । नेपाल बुद्धिचाल महासङ्घकाटमाण्डौँ स्पोर्ट्स एकेडेमीको आयोजना तथा वेदकोट नगरपालिका –८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिताको कार्तिक २ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्‌घाटन गरेका थिए ।

World Link Ads

वेदकाेट नगरपालिका -८ का वडाध्यक्ष महेशराज जोशीले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना यश क्षेत्रकै गौरवको विषय भएकाले बुद्धिचाल खेल स्थापित भएको बताए । साथै युवाहरूलाई खेलमा लाग्न प्रतियोगिताले उत्साह थपेको बताए ।

Sana Kishan

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका संयोजक नारायण प्रसाद गमालकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा पूर्वमन्त्री प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहेका थिए । साथै कार्यक्रम पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश रावल लगायत महासंघका पदाधिकारी, खेलप्रेमी तथा स्थानीयको सहभागिता रहेको थियो ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds