कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०१ हात्तीथलामा जारी सातौँ आदर्श क्रिकेट कपको समापनमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिह थापा आउने भएका छन्। आदर्श युवा क्लबको आयोजनामा असोज २२ गते देखि सञ्चालन भएको प्रतियोगिता कार्तिक ७ गते समपान हुन लागेको हो।
प्रतियोगितामा वेदकोट नगरपालिका भित्रका १३ टिमको सहभागिता रहेको आदर्श युवा क्लबका अध्यक्ष ज्ञानेश्वर प्रसाद जोशीले जानकारी दिएका छन्। उक्त प्रतियोगिताको फाइनल खेलमा वेदकोट -७ र वेदकोट -८ बीच प्रतिस्पर्धा हुने अध्यक्ष जोशीले बताएका छन्।
प्रतियोगिताको प्रथम पुरस्कार रू १ लाख १ सय नगद सहित ट्रफी र प्रमाण पत्र रहेको छ भने दोस्रो पुरस्कार ५० हजार ५० नगद सहित ट्रफी र प्रमाण पत्र रहेको क्लबका सचिव तेजेन्द्र धामीले जानकारी दिएका छन्। प्रतियोगिताका सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने सचिव धामीले बताएका छन्।
यो प्रतियोगिता वेदकोट नगरपालिकाकै सर्वाधिक धनराशी भएको प्रतियोगिता हो । प्रतियोगिताको उद्घाटन वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले गरेका थिए।

