सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिला टी–२० विश्वकप ‘टिम अफ द टुर्नामेन्ट’ मा न्युजिल्यान्ड र दक्षिण अप्रिकाका ३/३ जना खेलाडी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी–२० विश्वकप क्रिकेट २०२४ को ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा गरेको छ । उपाधि विजेता न्युजिल्यान्डका तीन जना खेलाडी आईसीसी महिला टी–२० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ मा परेका छन् ।

न्युजिल्यान्डबाट मेली केर, रोजमेरी मेर र इडेन कार्सन रहेका छन् । मेलीले प्रतियोगिताभरि १ सय ३५ रन बनाउनुका साथै १५ विकेट लिएकी थिइन् । यस्तै मेरले १० विकेट र कार्सनले ९ विकेट लिएका थिए ।

यसैगरी ‘टिम अफ दु टुर्नामेन्ट’ मा उपविजेता दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्वार्ड्ट, तज्मिन ब्रिट्स र ननकुलुलेको म्लाबा रहेका छन् । लौराले सबैभन्दा धेरै २ सय २३ रन, ब्रिट्सले १ सय ८७ रन बनाउँदै म्लाबाले १२ विकेट लिएकी थिइन् ।

यस्तै टिममा परेका वेस्ट इन्डिजकी डायन्ड्रा डटिनले १ सय २० रन बनाउनुका साथै ५ विकेट र एफी फ्लेचरले ५ विकेट लिएका छन् । यस्तै टिममा परेका इङ्गल्यान्डकी डेनी वाट हजले १ सय ५१ रन, भारतकी हरमनप्रीत कौरले १ सय ५० रन, बङ्गलादेशकी निगार सुल्ताना जोटीले १ सय ४ रन बनाउँदा अस्ट्रेलियाकी मेगान शटले ८ विकेट लिएकी थिइन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds