कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा जारी राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा हेटाैडाका क्षितिज भण्डारी विजेता बनेका छन् । मङ्गलबार नौ वटै चरणका खेल सम्पन्न हुँदा भण्डारी प्रथम भएका हुन् ।
उनले ७, ५ पाेइन्ट हासिल गरेका हुन् । त्यस्तै प्रतियोगितामा राैतहटका रूपेश जैसवाल दोस्रो र कैलाली दीर्घराज जोशीले तृतीय स्थान हासिल गरेका छन् ।
नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारित ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउन्डमा खेलाइएको थियो । त्यस्तै र्यापिड बुद्धिचाल च्याम्पियनसिप अन्तरगतका खेल मङ्गलबारबाट सुरु भएका छन् । यसमा ४५ बढि खेलाडीको सहभागिता रहेको छ ।
र्यापिड बुद्धिचाल च्याम्पियनसिप स्विस लिगकै १५ मिनेट प्लस १० सेकेन्ड प्रति चालको गरि नौ राउन्डमा खेलाइने छ । जसमा ६ चरण सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।
बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरू सञ्चालन छन् ।
नेपाल बुद्धिचाल महासङ्घ र काटमाण्डौँ स्पोर्टस् एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेको प्रतियोगिता कार्तिक ७ मा समापन हुनेछ ।