सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

 उद्योगमन्त्री भण्डारीद्वारा कञ्चनपुरको सिद्धनाथ उदयदेव क्रसर उद्योगको अनुगमन 

कञ्चनपुर । सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको एक क्रसर उद्योगको स्थलगत अनुगमन गरेका छन् ।

बुधबार उद्योगमन्त्री भण्डारीले वेदकोट नगरपालिका ९ सुन्दरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगको स्थलगत अनुगमन गरेका हुन् । 

उद्योगमन्त्री भण्डारीले उक्त क्रसर उद्योगको स्थलगत अनुगमन गर्दै आर्थिक वृद्धि विकासका लागि क्रसर उद्योगको महत्वपूर्ण भूमिका रहेको औँल्याएका छन् । उद्योगमन्त्री भण्डारीले स्थानीय प्राकृतिक स्रोतको सदुपयोग गर्दै रोजगारी प्रर्वद्धनका लागि भौतिक पूर्वाधार विकास निर्माणका लागि सहजै कच्चा पदार्थको उत्पादन आपूर्ति गरिएको बताए । 

Mahakali Polytechnic

उद्योगले आवाज समेत व्यवस्थापन गरेको भन्दै देशभरीका क्रसर उद्योगमा उत्कृष्ट रहेको बताए । सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगका सञ्चालक तेज बहादुर चन्दले उद्योगमन्त्री भण्डारीले स्थलगत अनुगमन गर्दै चारैतिर घेरबार गरेर वातावरण समेत स्वच्छ राख्दै उद्योग नियमित सञ्चालनमा जोड दिँदै यस्तै उद्योगबाट मुलुकको आर्थिक विकास र समृद्धि हुने धारणा राखेको बताए । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds