सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण 

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -६ ले गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरेको छ ।

आइतबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा भित्रका १५ जना गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरिएको भीमदत्त -६ का कार्यवाहक वडा अध्यक्ष देवकी जोशीले जानकारी दिनुभएको छ।

Mahakali Polytechnic

गर्भवती तथा बालबालिकाहरूका लागि पोषण कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरिएको वडा अध्यक्ष जोशीले बताउनुभयो। पोषण सामग्री अन्तर्गत हर्लिक्स, ओखर, घिउ, काजु, बदाम र ग्लुकोज लगायतका पोषण सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।

World Link Ads

Sana Kishan

उक्त कार्यक्रममा भीमदतत्त -६ का कार्यवाहल वडा अध्यक्ष देवकी जोशीको सभापतित्व रहेको थियो भने भीमदत्तका नगर प्रमुख निलम लेखक जोशीको प्रमुख आतिथ्य रहेको थियो। 

त्यसैगरी पोषण सामग्री वितरण गर्दै भीमदत्तका नगर उपप्रमुख निलम लेखक जोशीले वडा नम्बर -६ मात्रै नभई सबै वडामा पोषण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds