सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शहिद स्मृति सामुदायिक वन उपभोक्ता समुहको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा एक सामुदायिक वनले तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।

सोमबार भीमदत्त–०३ मा रहेको श्री शहिद स्मृति सामुदायिक वन उपभोक्ता समुहले तेस्रो बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम सामुदायिक वनका अध्यक्ष कर्ण बहादुर बिष्टको सभाअध्यक्षतामा प्रमुख अतिथि भीमदत्त नगर प्रमुख पदम बोगटीले गर्नु भएको थियो भने बिशिष्ट अतिथिमा नगर उपप्रमुख निलम लेखक जोशी,कञ्चनपुर वन डिभिजन अधिकृत शिवराज अवस्थी,चुरे संरक्षण सञ्जाल समिति अध्यक्ष रविन्द्र कुँवर लगायत विभिन्न व्यक्तिहरुको वृहत उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रमलाई सम्बोदन गर्दै नगर प्रमुख बोगटीले मानिसहरुले बस्ती विस्तारको क्रममा बन्यजन्तुहरुको बास स्थान नै मास्ने गरेको कारणले बन्यजन्तु भोजन र बासस्थान खोज्दै मावन बस्तीमा प्रवेश हुने गरेको बताए । बन्यजन्तुहरुको बासस्थान बन जंगल संरक्षण अति आवश्यक रहेको बताउदै कुनैपनि क्षेत्रमा बजेट विनियोजन गर्दा विपदलाई लक्षित गर्दै कार्य योजना अघि बढाउनु पर्ने कुरामा नगर प्रमुख बोगटीले जोड दिएका थिए ।

Mahakali Polytechnic

विभिन्न वक्ताहरुले बोल्ने क्रममा समाजिक सहकार्यबाट हुन सक्ने कार्यक्रमहरुलाई वडा अध्यक्षले नेतृत्व लिई गर्नु पर्ने बताउदै खन्नेखोलामा रहेको ढुङ्गा,ग्रावेल प्रकृयाबाट उठाउनु पर्ने कुरामा स्थानिय बासीले माग गरेका थिए ।

World Link Ads

वन उपभोक्ता समुहका सल्लाहकार सदस्य मदन बहादुर कुँवरले कार्यक्रम सञ्चालन गरेको थियो भने बार्षिक आय÷व्यय कोषाध्यक्ष धनकला लुहारले प्रस्तुत गरेकी थिईन ।

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds