Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रद्यानाध्यापक जोशीे नेतृत्वले बैजनाथ विद्यालयमा विद्यार्थीको आकर्षण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २८, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: पछिल्ला बर्षहरुमा केही सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गरेसंगै अभिभावकले विश्वास गर्न थालेपछि विद्यार्थीको सामुदायिक विद्यालय रोजाई बनिरहेका छन । कञ्चनपुरका केही माध्यामिक तथा आधारभूत सामुदायिक विद्यालयमा विद्यार्थीको रोजाई बनिरहेका हुन ।

 

जिल्लाकै केही चर्चित सहित ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयमा कुसल नेतृत्व पाएसंगै विद्यालयको मुहार फेरिएपछि विद्यार्थीको आकर्षण बढिरहेको पाईन्छ । सदरमुकाम महेन्द्रनगरदेखि पश्चिम निकट भीमदत्त नगरपालिका १४ बनकट्टीको बैजनाथ आधारभूत विद्यालय अहिले विद्यार्थीको आकर्षण बढिरहेको हो । शिक्षक खाली राजनीतिक दल, शिक्षक संघ संगठन, बिमा कम्पनीका एजेण्ड, व्यापारी, कालाकार, पत्रकार, एनजिओकर्मी, सहकारी, बनकर्मी, स्वयमसेविका सहित विभिन्न क्षेत्रमा जोडिएका मात्रै छन, पढाउँदैनन, भन्ने भाष्य चिर्दै बैथनाथ विद्यालयका प्राद्यानाध्यापक पुष्पमणि जोशी नेतृत्वको शिक्षकले चिरेका छन । निमाविका तहका शिक्षक जोशीले गत बर्ष ०८० फागुनमा बैजनाथ माविको नेतृत्व पाएसंगै उनी सामुदायिक विद्यालय बनाउन केन्द्रीत भएपछि विद्यार्थी, अभिभावक र समुदायको विश्वास बटुलेका छन ।

 

जोशी विद्यालयमा प्रवेस गर्दा गत शैक्षिक सत्रमा ४७ मात्रै विद्यार्थी थिए । टुहुरो जस्तै बनेको विद्यालयमा उनले कथक मेहनत गरेपछि चालु शैक्षिक सत्रमा गत ४८ मात्रै विद्यार्थी विभिन्न निजी विद्यालय बोडिङ्गबाट विद्यालयमा भर्ना भएका छन । ‘चर्को शुल्क तिरेर बोडिङ्गमा पढिरहेका ४८ विद्यार्थी हामीकहाँ आएर भर्ना भएका छन, ‘प्रअ जोशीले भने, ‘परिर्वतन, सुधार र विकास आफ्ैबाट शुरुवात गर्नुपर्ने प्रण राखेर हाम्रा व्यवस्थापन समिति, शिक्षक कर्मचारीले समेत आफ्ना सन्तान यही भर्ना गरेका छन ।’

झण्डै साढे चार दशक अघि ०३६ सालमा स्थापना भएको उक्त विद्यालयमा विद्यार्थी अभाव भएको अवस्थामा अहिले १४५ विद्यार्थी अध्ययन गरिरहेका छन ।

शिशु(बालविकासदेखि कक्षा ८सम्म अध्ययन हुँदै आएको विद्यालयमा आश्वयक दरबन्दी नभएपनि प्रअ जोशी सहितको नेतृत्वमा विद्यालय अघि बढेको छ । गत बर्ष फागुनमा होली खेलेर अभिभावकको घर घर पुगेर शैक्षिक गुणस्तर दिने बाचा सहित विद्यार्थी पठाउन आग्रह गरेका थिए । चालु शैक्षिक सत्र ०८१ को ६ महिनामा विद्यालयमा शुक्रबार बैशाखदेखि नै बुक फ्रि फ्राईडे कार्यक्रम, नियमित शिक्षण, विद्यार्थीको अनुशासन, कक्षा अनुगमन, मुल्याङकन, अतिरिक्त कक्षा संचालन, दैनिक होमवर्कदेखिका अतिरिक्त कृयाकलापबाट विद्यार्थीलाई सिकाई गराईरहेका छन । विद्यालयमा खेलमैदान व्यवस्थापन, बगैचा, पार्क, खानेपानी, साईकल स्टेन सहितका सरचना निर्माण गरिएका छन ।

अहिले विद्यालयले पुर्व भीनपा १४ का जनप्रतिनिधी वडाध्यक्ष हर्क बहादुर खाती विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पाएको छ । शिक्षक, कर्मचारी, समितिका पदाधिकारी विभिन्न दल, विचार आस्थामा आबद्ध भएपनि शैक्षिक गुणस्तर बृद्धिका साथै विद्यालयको चौतर्फि विकासका एकमत भएका छन । भाषण गरेर सामुदायिक विद्यालय नबन्ने भएकाले प्रअ जोशीले काम गरेरै देखाएर विद्यालय बनाउने संकल्प लिएका छन । उनले बर्षातका बेला खेलमैदानमा पानी परिने भएकाले निकासको समेत माग अघि सारेका छन । प्रअ जोशीले विद्यालयमा भौतिक सरचनादेखि थप दरबन्दी आवश्यक रहेको बताउँदै आफुले निरन्तर विद्यालयको बृद्धि विकासका लागि खटिने प्रतिज्ञा गरेका छन ।
प्रद्यानाध्यापक जोशीको काम देखेर विद्यार्थी, अभिभावक, समुदायिक फरक दलका नेता कार्यकर्ता, शिक्षासंग सरोकार राख्ने निकायले प्रसंसा गरेका छन । प्रअ जोशी नेकपा विप्लव निकट अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अध्यक्ष भएपनि उनले सामुदायिक विद्यालय बनाउन रातदिन गरेको मेहनत र प्रत्यक्ष देखिने गरेर विद्यार्थी, विद्यालयमा सुधार परिर्वतन ल्याएको भन्दै अभिभावकले उनको कामको प्रसंसा गरिरहेका छन । अभिभावकले प्रअ जोशीले आफुले सच्चा शिक्षक, हेडसर भन्दा माथि उठेर थला परेको विद्यालय बनाउन लागेको र अहिलेको जस्तै निरन्तरता भाविदिनसम्मै दिनुपर्नेमा जोड दिएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर खातीले विगतमा सामुदायिक विद्यालयमा शिक्षकले गफ दिने पढाउने भन्दा निजी काममा बिजी हुने, अभिभावकले समेत शिक्षकमाथि दोष मात्रै दिने भएकाले आफ्ना सन्तानहरुलाई चर्को रकम खर्च गरेर बोडिङ्गमा पढाउने गरेको बताए । गत बर्षदेखि विद्यालयले कुसल प्रशासक(हेडसर) पाएपछि गति लिएको अध्यक्ष खातीको भनाई छ । ‘यो मेरो तेरो पाटीको भनेर होईन अब सामुदायिक विद्यालय बनाउने भए विचार भन्दा काम गर्नेलाई हेडसर, अध्यक्ष, शिक्षक बनाउनुपर्छ, ‘उनले भने, ‘सामुदायिक विद्यालय सुधारका लागि दलको आस्था भन्दा धेरै माथि उठेर भावि सन्तानको भविष्यका लागि सरोकारवालाले काम गर्नुपर्छ ।’

अध्यक्ष खातीले आफुले उतिबेला काँग्रेसका तत्तकालिन नेताद्वय गोपाल सिह गुरुङ्ग हालका गृहमन्त्री समेत रहेका रमेश लेखक सहितबाट आर्थिक सहयोग लिएर विद्यालय बनाएको र अब मावि बनाउने धोको भएकाले बुढेशकालमा युवाको जस्तै जोर देखाएर खटिएको बताए । अध्यक्ष खातीले सामुदायिक विद्यालय सुधारका लागि सरोकारवाला जागरुक, सकृय हुनुपर्नेमा जोडदिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक
विज्ञान र प्रविधि

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

जेष्ठ २२, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन
विज्ञान र प्रविधि

एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन

जेष्ठ १९, २०८३
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
फ्ल्यास हेडिङ

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व