Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलौरी: कालिका मन्दिरको प्रवेशद्वारमा गजुर र मूर्ति स्थापना गरी उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २६, २०८१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: महानवमीको अवसर पारेर कञ्चनपुरको बेलौरी बजारमा अवस्थित कालिका मन्दिरको प्रवेशद्वारमा गजुर र मूर्ति राखी उद्घाटन गरिएको छ । शुक्रबार बिहान वैदिक परम्परा अनुसार पूजाआजा गरेर प्रवेशद्वारको उद्घाटन गरिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पन्तले बताउनु भयो । प्रवेशद्वारको दुवैतिर शेषनाग र सिंहको मूर्ति बनाइएको छ । उक्त कालिका मन्दिरमा भक्तजनहरूले नवरात्र अवधिभर पूजाआजा गर्नु भएको छ । आज पनि बिहानैदेखि भक्तजनहरूको उपस्थिति रहेको थियो ।

झण्डै साढे चार दशक अगाडि स्थापित गोरखाकाली माताको मन्दिरको भवन जीर्ण बन्दै गएपछि तत्काल नयाँ भवन निर्माण गर्न आवश्यक रहेको महसुस गर्दै २०७५ सालमा कालिका मन्दिर निर्माणका लागि शिलान्यास गरिएको थियो । आर्थिक वर्ष २०७५।०७६ मा बेलौरी नगरपालिकाले मन्दिरको नयाँ भवन निर्माणका लागि रु. ५ लाख बजेट विनियोजन गरी उपभोक्ता समिति मार्फत मन्दिर निर्माणको काम थालिएकोमा त्यसयता वडा नम्बर ४ र नगरपालिकाले धेरथोर बजेट विनियोजन गर्ने गरेका छन् । गर्वको कुरा त के छ भने मन्दिर निर्माण समितिको सक्रियतामा आधाभन्दा बढी लागत त विभिन्न क्षेत्रमा रहनु भएका मनकारी व्यक्तिहरूको दान सहयोगबाट सङ्कलन भएको छ ।

हिन्दु धर्म प्रति आस्था राख्ने भक्तजनहरूको सहयोग र सक्रियतामा सुदूरपश्चिम प्रदेशकै धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित हुने गरी आकर्षक एवं सुनको गजुर सहित रु. १ करोड ५० लाख लगानीको अनुमानित योजना बनाइ कालिका मन्दिर निर्माण कार्य गरिएको कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशराज पन्तले जानकारी दिनुभयो । अब भगवान् शिवको ३५ फिट अग्लो मूर्ति स्थापना गर्ने योजना रहेको उहाँको भनाइ छ ।

स्थानीय सरकार र जनसमुदायको संयुक्त लगानीमै कालिका मन्दिर निर्माण गरिएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालको भनाइ छ । मूल मन्दिर निर्माणको कार्य सकिएपछि गत वर्षदेखि त्यहाँ नित्य पूजाआजा भइरहेको छ । बेलौरीलाई धार्मिक पर्यटनसँग जोड्न विभिन्न वडाहरूमा नयाँ मन्दिर निर्माण र पुराना मन्दिरहरूको जीर्णोद्धार गर्ने कार्य पनि जारी रहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन
फ्ल्यास हेडिङ

देउसी–भैलो २४ घण्टा खेल्न दिन गृह मन्त्रालयको निर्देशन

कार्तिक २४, २०८३
फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
फ्ल्यास हेडिङ

फेरिचेमा दुई हेलिकप्टर ठोक्किएको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कार्तिक १८, २०८३
नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड
फ्ल्यास हेडिङ

नेपाल–भारत सीमा सुरक्षामा सहकार्य बढाउने सहमति, संयुक्त गस्ती र निगरानीमा जोड

कार्तिक १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

एल निनोको प्रभावले सन् २०२७ मा नेपालमा जलवायु जोखिम बढ्न सक्ने चेतावनी

एल निनोको प्रभावले सन् २०२७ मा नेपालमा जलवायु जोखिम बढ्न सक्ने चेतावनी

कार्तिक २८, २०८३
चीन भ्रमणको उद्देश्यमा केन्द्रित हुन रास्वपा सभापति लामिछानेको निर्देशन

चीन भ्रमणको उद्देश्यमा केन्द्रित हुन रास्वपा सभापति लामिछानेको निर्देशन

कार्तिक २८, २०८३
बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

बाढी प्रभावित बालबालिकाको संरक्षण योजनामा सहभागी हुन आह्वान

कार्तिक २८, २०८३
विश्वासको मत नलिँदै मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

विश्वासको मत नलिँदै मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा

कार्तिक २८, २०८३
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले मागे प्रधानमन्त्रीसँग सुरक्षा

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले मागे प्रधानमन्त्रीसँग सुरक्षा

कार्तिक २८, २०८३
पर्वतीय मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

पर्वतीय मुद्दालाई विश्वव्यापी जलवायु वार्ताको मूलधारमा ल्याउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

कार्तिक २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

imunify-bot-check
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व