सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पैसा बिनाको जिन्दगी केवल भार छ ….

पैसामा दुनियाँ छ पैसाकै लागि मारामार छ
जसले जेसुकै भन तर पैसामा यो संसार छ
पैसामा आदर्शको भारी किन्न पाइन्छ यहाँ
यो नाता सम्बन्ध दोस्ती छ पैसामा प्यार छ
सहयोग त परम्परा हो औपचारिकता रहेछ
सब भन्ने कुरा हुन मित्र चलेको कारोबार छ
सबैले हिसाब किताब गरेको हुदोरहेछ पैसा
नहोस् त पैसा जे सुकै भन दुनियाँ बेकार छ
हिसाब गरौंला कुनै दिन एकन्तमा जिन्दगी
हेर्नुस् पैसा बिनाको जिन्दगी केवल भार छ
अरु तपसीलका कुरा फोस्रा गफ नदिनुस
पैसा होस् तबमात्रै बल्ल जिन्दगी बहार छ

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds