बैतडी – बैतडी जिल्लाको मेलौली नगरपालिका -०८ कोटिगाउँमा अवस्थित श्री गङ्गेश्वर मन्दिरमा शिव मूर्ति चढाइने भएको छ।
प्रवासी युवाहरूद्वारा करिब नौ-दश महिनाको अवधिभर आर्थिक सङ्कलन अभियान मार्फत सवा पाँच फिट उचाइ र छ क्विन्टल तौल भएको शिवको मूर्ति भारतको राजस्थान राज्यको कोकस भन्ने ठाउँबाट झन्डै तीन लाख खर्चको लागतमा गाउँमा पुर्याइएको छ।
गाउँघरमा श्राद्ध (पितर पुजा) चलिरहेकाले उक्त समयमा मन्दिर चढाउन उचित समय नहुने भएकाले श्राद्ध सकिएपछि असोज १७ गते बिहिवार नवरात्रि प्रारम्भको शुभ अवसरमा नवरात्रिको पहिलो दिन स्थानीय स्तरमा प्रचलित बाजागाजा, ध्वजा एवम् नेजा सहित स्थानीय परम्परा अनुसार शिव मूर्ति गङ्गेश्वर मन्दिरमा चढाइने आर्थिक सङ्कलन अभियान समितिका अध्यक्ष डम्बर ठगुन्नाले जानकारी दिएका छन्।
धार्मिक कार्यमा सम्पूर्ण धार्मिक आस्थावान भक्तजनहरू लगायत मेलौली नगरपालिका -०८ कोटिगाउँका श्री गङ्गेश्वर देवताका सम्पूर्ण करिया तथा भक्तजनहरूका उपस्थितिका श्री गङ्गेश्वर मन्दिर शिव मूर्ति आर्थिक सङ्कलन अभियान समितिका अध्यक्ष डम्बर ठगुन्नाले अनुरोध गरेका छन्।
साथै उनले देश विदेश बाट शिव मूर्ति अभियानमा जुटेर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, सल्लाह, सुझाव एवम् दान गर्नुहुने सम्पूर्ण सहयोगीहरूमा आभार प्रकट गरेका छन्।
Discussion about this post