सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रामेश्वर घाटमा ऋषि पञ्चमीका दिन आए हजारौँको संख्यामा व्रतालु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ स्थित रामेश्वर घाटमा ऋषि पञ्चमीका दिन व्रत बस्ने व्रतालुहरूको भिड लागेको छ। तिजको अन्तिम दिन हिन्दु महिलाहरूले सप्तऋषिको पूजा गर्न महाकाली नदि किनारमा हजारौँको सङ्ख्यामा व्रतालुहरूको भिड लागेको हो।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन व्रतालु  महिलाहरूले नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई सप्तऋषिको पुजा आराधना गरेर यो पर्व मनाउने चलन रहिआएको छ।

Mahakali Polytechnic

भीमदत्त नगरपालिका वडा नम्बर ११ ले रामेश्वर घाटमा तिज र ऋषि पञ्चमी विशेष कार्यक्रमको आयोजना गरेको थियो। स्थानीय धार्मिक स्थलको प्रचार प्रसार गर्न महाकाली किनारस्थित रामेश्वर घाटमा वडा कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको वडा अध्यक्ष प्रकाश थापाले बताएका छन्।

World Link Ads

Sana Kishan

ऋषि पञ्चमीमा सप्तऋषिको पुजा आराधना गर्न आउने बर्तालु महिला दिदी बहिनीहरूको सहजताको लागी सक्दो प्रयास गरिएको उनले बताएका छन्। साथै उनले रामेश्वर घाट क्षेत्रमा शान्ति, सुरक्षा सँगै स्वास्थ्य तथा उद्धार टोली लगायत निशुल्क खानेपानी तथा लुगा फेर्ने ठाउँको समेत उचित व्यवस्थापन गरिएको बताए। विगतका वर्षभन्दा यस वर्ष उल्लेख्य रुपमा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको उनको भनाई रहेको छ।

हिन्दु धर्मका विभिन्न ग्रन्थहरू ऋषिमुनीहरूले नै प्रतिपादन गरेका हुँदा उनीहरूको सम्मान स्वरुप पुजा गरेर ऋषि पञ्चमी मनाउने गरेको स्थानीय समाजसेवी तारा दत्त जोशीले बताए। साथै उनले अहिले तिज तथा ऋषि पञ्चमी आस्था भन्दा पनि मनोरञ्जनको रुपमा मात्रै सीमित हुन थालेको भन्दै यसलाई धार्मिक आस्थाको रुपमा मनाउनु पर्ने समेत बताए।

त्यसै गरि यस वर्ष ऋषि पञ्चमी मनाउन महाकाली किनारमा राम्रो व्यवस्थापन गरिएको भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले बताइन्। साथै उनले यस महाकाली तटीय क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागिरहेको भन्दै आगामी वर्ष तिजको लागी समेत नगरपालिका बाट बजेट व्यवस्थापन गर्ने बताइन्।

विगतका दिनहरूमा भारत तर्फको क्षेत्र बनबासा पुल नजिक ऋषि पञ्चमी मनाइदै आएको भएपनि केही वर्षयता भीमदत्त नगरपालिका वडा नम्बर ११ ले रामेश्वर घाट क्षेत्रमा ऋषि पञ्चमी मनाउन विभिन्न कार्यक्रमहरूको आयोजना गर्न थालेपछी सहज भएको स्थानीय बताउँछन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds