सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योति बहुमुखी क्याम्पसले गर्यो बिसिए आठौँ सेमेस्टरका विद्यार्थीको भव्य बिदाई

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भाषीमा रहेको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले बिसिए आठौँ सेमेस्टर (दोस्रो ब्याच) मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरेको छ ।

शनिबार जनज्योति माध्यमिक विद्यालयको हलमा एक कार्यक्रमको आयोजना गर्दै बिसिए आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई बिदाई गरिएको क्याम्पसले जनाएको छ। बिदाई कार्यक्रम बिसिए छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेका थिए।

Mahakali Polytechnic

बिदाई कार्यक्रममा बोल्दै जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीले तपाईँलाई सबैभन्दा धेरै माया गर्ने र प्रगति चाहने भनेकै आमाबुवा र शिक्षक भएकाले म केही गर्न सक्छु भन्ने भावना राखेर अगाडि बढ्न विद्यार्थीलाई आग्रह गरेका छन्। साथै उनले शिक्षालाई सर्टिफिकेटको रुपमा मात्र लिन नहुने बताउँदै जीवनको वास्तविक परीक्षा अब सुरु भएकाले यसलाई गम्भीरतापूर्वक लिई शैक्षिक गन्तव्यलाई अझ अगाडि बढाउन आग्रह गरेका छन्।

World Link Ads

Sana Kishan

कार्यक्रममा नेपलभरी नै बिसिए ७ औं सेमेस्टरमा दोस्रो स्थान प्राप्त गर्न सफल आयुश साउदलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ भने बिसिए आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई खादा र मायाको चिनो  प्रदान गरिएको छ।

कार्यक्रममा बिसिए छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी रमेश साउदको सभापतित्व रहेको थियो भने त्रिभुवन विश्वविद्यालय मानविकि सङ्काय डिन कार्यालयका लेखापाल दयाराम जोशीको प्रमुख आतिथ्य रहेको थियो।

बिसिए छैठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी दीपक राज पाण्डे र स्वेक्षा पन्तले कार्यक्रमको सञ्चालन गरेको उक्त कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस तथा जनज्योति माध्यमिक विद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी एवम् कर्मचारी लगायतको भव्य उपस्थिति रहेको थियो।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.