कञ्चनपुर, मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरको कार्यान्वयन भवन उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका ५बनखेतमा निर्माण भएको मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरको कार्यान्वयन भवन उद्घाटन गरिएको हो ।
शनिबार एक कार्यक्रमका विच सुप प्रदेश सभा
सदस्य एव पुर्वमन्त्री प्रकास रावलले भवन उद्घाटन गर्दै एकल महिलाको अधिकारका क्षेत्रमा भवन काम लाग्नुपर्नेमा जोडदिए । कार्यक्रममा भवन निर्माणका सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । मानव अधिकारको लागि महिला, एकल महिला समुहले एकल महिलाको अधिकारका क्षेत्रमा भवन प्रभावकारी प्रयोगमा जोडदिएका छन ।
मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सुप प्रदेश सभा सदस्य प्रकास रावल प्रमुख अतिथि सहित निवर्तमान प्रतिनिधी सभा सदस्य डा। दीपक प्रकास भट्ट, प्रदेश सभा सदस्य खिमा विष्ट, भीमदत्त नगरका मेयर पदम बोगटी, उपमेयर निलम लेखक, नगर प्रवक्ता पदमराज अवस्थी, महिला क्षेत्रमा कार्यरत महिला सहितको उपस्थिति रहेको थियो । मानव अधिकारको लागि महिला, एकल महिला समुह कञ्चनपुरका सचिव रमा उपाध्यायले संचालन गरेकी थिईन।