सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भुजेला खोला नियन्त्रणका लागि गृहमन्त्री लेखकलाई ज्ञापन

कञ्चनपुर – भुजेला खोला नियन्त्रणका लागि गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाईएको छ ।

भीमदत्त नगरपालिका – ११ का वडाध्यक्ष प्रकाश थापाले चुरे भएर बग्ने भुजेला खोला नियन्त्रणदेखि निकासको माग अघि सारेर गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका हुन्।

वडाध्यक्ष थापाले भीमदत्त नगरपालिका -११ वडा कार्यालयकै तर्फबाट भुजेला खोलाको ताण्डवबाट भीमदत्तनगरका तीन वडा ११, १२ र १३ का गाँउबस्ती डुवान समस्या बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

‘गत असारमा आएको वाढीले महाकाली नदीले भुजेला खोला थुनिदिएपछि सिङ्गै खोला गाँउ उल्टिएर नगरका तीन वडाका गाँउबस्ती डुवानमा परे, ‘उनले भने, ‘भुजेला खोला निकासका लागि मन्त्री ज्यूको ध्यानाकर्षण गराईयो, आश्वासन पनि पाईएको छ ।

Mahakali Polytechnic

काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका वडाध्यक्ष थापाले निर्वाचन क्षेत्र ३ का वाढीपीडितदेखिका समग्र समस्या बारे मन्त्री लेखकको ध्यानाकर्षण गराएको बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.