सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निरन्तर वर्षाः जनजीवन प्रभावित, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह

बैतडी । लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ । गएको तीनदेखि भइरहेको वर्षाका कारण यहाँका राजमार्ग र ठाउँठाउँमा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । विभिन्न स्थानमा बाढी र पहिरोका खबरहरु पनि आइरहेका छन् । अविरल वर्षापछि सेती नदीमा पानीको बहाव बढेकाले सिगास गाउँपालिका–५ ढुंगाडका करीब ६० घरपरिवार नजिकैको शारदा माविमा आश्रय लिएर बसीरहेका छन् ।

उनीहरुको अस्थायी बसोबासको व्यवस्थापन गर्नका लागि आवश्यक सामग्री पठाउन सिगास गाउँपालिकालाई आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो । यस्तै लगातार बर्षा भइरहेकाले साना तथा ठूला नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । विपद्का घटना हुन सक्ने भएकाले जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध भइरहेकाले सडक डिभिजन कार्यालयको जेसीबी खोड्पे क्षेत्रमा स्टेण्डबाइ राखिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्या योजना २०८१ अन्र्तगत सम्बन्धित कलस्टर सक्रिय रहेका र नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी रहेको रहेको क्वीक रिस्पोन्स टीम पनि स्टेण्डबाइ राखिएको छ । विपद्को समयमा सहयोग पुर्याउन सबैलाई अनुरोध समेत गरिएको प्रजिअ शर्माले बताउनुभयो।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.