सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

परिवार नियोजन संघ कञ्चनपुरको ४५ औँ बार्षिक साधारण सभा

कञ्चनपुर – नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगर संघकै हलमा परिवार नियोजन संघ कञ्चनपुर शाखाको ४५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

बार्षिक साधारण सभामा स्वागत मन्तव्य दिने वक्ताहरुले संघका सेवा विस्तारमा जोडदिएका छन । नेपाल परिवार नियोजन संघ कञ्चनपुरका सदस्य सरस्वती दाहालले संघबाट थप ग्रामिण भेगमा सेवा विस्तारमा जोडदिईन ।

Sana Kishan

कार्यक्रममा बिशिष्ठ अथितिद्वय जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले समेत संघले प्रदान गर्दै आएको सेवाको प्रसंसा गर्दै थप सेवामा जोडदिईन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य मधु भारतीले पनि संघबाट परिवार नियोजन स्वास्थ्य सेवा विस्तारमा जोडदिईन ।

World Link Ads
Mahakali Polytechnic

नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाका अध्यक्ष गजेन्द्रदेव लेखकको अध्यक्षतामा भएको कार्यक्तमको संचालन एव आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिरीराज शर्माले गरेका थिए । कार्यक्रममा परिवार नियोजन संघका पदाधिकारी, पुर्व पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.