सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वदेशमै नयाँ तथा इनोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्न सार्कले इन्भेन्सन फेस्ट आयोजना गर्दै

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -०६ ऐठपुरमा रहेको सार्क एजुकेसन फाउन्डेसनले ‘सार्क इन्भेन्सन फेस्ट २०८१’ आयोजना गर्ने भएको छ।  स्वदेशमै केही नयाँ तथा इनोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त फेस्ट आयोजना गर्न लागिएको सार्कले जनाएको छ।

सार्क एजुकेसन फाउन्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले असार १४ गते फेस्ट आयोजना गरिने जानकारी दिएका छन्। उनका अनुसार फेस्टमा कञ्चनपुरका दिनेश बिष्टले आविष्कार गरेका कार, इलेक्ट्रिक बाइक, रोबोटिक्स लगायतको प्रदर्शनी गरिने छ। स्वदेशमै केही नयाँ तथा इनोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको उनको भनाई रहेको छ ।

सार्क एजुकेसन फाउन्डेसनले केही समय अगाडि मात्रै सुदूरपश्चिममै पहिलोपटक समर क्याम्प समेत सञ्चालन गरेको थियो। सार्कले इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्न विगतदेखि नै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.