सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकपको दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग पराजित

आईसीसी टी–२० विश्वकपमा सुपर ८ अर्थात दोस्रो चरणको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि आन्द्रियस गोउसले सर्वाधिक ८० रन बनाए । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वीन्टन डी ककले सर्वाधिक ७४ रन बनाएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र हरमित सिंहले २–२ विकेट लिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.