सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खोका छाप्रावालाहरूले भीमदत्त सरकारसँग भने, ‘यस्तो गर्मीमा हाम्रो उठिबास नभई छानबिन गरिदिनुहोस्’ 

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगर बजारमा बस्दै आएका खोका छाप्रा व्यवसायीहरूले स्थानीय सरकारसँग यस्तो प्रचण्ड गर्मीका बिच आफूहरूको उठिबास नगर्न अनुरोध गरेका छन् ।

उनीहरूले आफूहरू अतिक्रमणकारी नभई अत्तालिन अवस्थामा नगर विकास समितिले बजारका ठेला व्यवस्थापनका लागि दिएको जमिनमा कारोबार गर्दै आएको बताएका छन् । 

बुधबार भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी र -०४ का वडाध्यक्ष शुसिल कुमार भट्टलाई भेटेर गर्मीका बिच गरिखाने मजदुर वर्गको उठिबास नगर्न मानवता देखाउन आव्हान गरेका छन् । 

खोका छाप्राका अगुवा कृष्णराज कलौनीले आफूहरू वास्तविक अतिक्रमणकारी नभई विगतमा नगरविकासले नै व्यवसायका लागि व्यवस्थापन गरेको भन्दै अहिले आएर अन्य अतिक्रमण भू माफिया जस्तै खोका छाप्रावालाहरूलाई त्यो नजर नहेर्न ध्यानाकर्षण गराएका छन् ।

Mahakali Polytechnic

खोका छाप्राका युवा अगुवा करन सिह बुढाऐरले विगतमा नगरविकास समिति निर्णय अनुरूप गरिखाने वर्गको उठिबास गर्न नहुने बताए । खोका छाप्रामा व्यवसाय गर्दै आएकी बाटुली धामीले यस्तो गर्मी र बर्खायामको समयमा कसैको पनि उठिवास गर्न नहुने र बरु खोका छाप्रावालाहरुमाथि छानबिन गर्न आग्रह गरेकी छिन ।

World Link Ads

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले खोका छाप्राका विषयमा छानबिन गरिने बताए । उनले खोका छाप्राको हकमा नगर विकास समितिको बैठकमा एजेण्डा राखेर अघि बढ्ने बताए। 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.