सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मानहानी मुद्दामा भारतका विपक्षी नेता राहुल गान्धीलाई जमानत

भारतको मुख्य विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मानहानीको मुद्दामा जमानत पाउनुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पार्टी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा नेता गान्धीविरुद्ध दायर गरिएको मानहानीको मुद्दामा बेङ्गलोरको विशेष अदालतले आज जमानत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको वर्षको कर्नाटक राज्यको विधानसभा चुनावमा नेता गान्धीले तत्कालीन भाजपा सरकारमाथि सन् २०१९–२०२३ को शासनकालमा ठूल्ठूला भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो । त्यही आरोपविरुद्ध कर्नाटक भाजपाले कांग्रेस नेता राहुल गान्धी, मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारविरुद्ध मानहानीको आरोप दायर गरेको थियो ।

Sana Kishan

विशेष अदालतले यो मुद्दामा गएको जुन १ मा सिद्धारमैया र शिवकुमारलाई जमानत दिएको थियो । अब यो मुद्दामा अघिल्लो सुनुवाइ यही जुलाई ३० मा हुने खबरमा उल्लेख छ ।

World Link Ads
Mahakali Polytechnic

यसअघि सन् २०२३ को मार्च २३ मा सूरतको एक अदालतले ५३ वर्षीय नेता राहुल गान्धीलाई मानहानी मुद्दामा दुई वर्षको सजाय सुनाएको थियो । यही मुद्दामा उहाँको सांसदबाट पनि हट्नुपरेको थियो । तर सर्वाेच्च अदालतको फैसलापछि उहाँ संसद् सदस्यका रूपमा पुनः स्थापित हुनुभएको थियो ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.