सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विप्लवद्वारा महेन्द्रनगरमा विश्व शान्तिका लागि समाजवाद र्याली

कञ्चनपुर – नेपाल कम्युनिष्ट पाटी (विप्लव) कञ्चनपुरले महेन्द्रनगरमा विश्व शान्तिका लागि समाजवाद भन्दै र्याली निकालेको छ । नेकपा विप्लव कञ्चनपुरले सोमबार महेन्द्रनगरमा विश्व शान्तिका लागि समाजवाद भन्दै र्याली निकालेको हो । 

विप्लव कञ्चनपुरका इन्चार्ज विष्णु प्रकाश उपाध्याय (बिराट) ले विश्वमै शान्तिका लागि नागरिकका आधारभूत आवश्यकता पुरा गर्न गराउनका लागि सरकारलाई घचघच्याउन र्याली निकालिएको बताए ।

उनका अनुसार सालघारी क्षेत्रबाट र्याली निकालेर बजार परिक्रमा गरिएको थियो । र्यालीमा सहभागीहरूले वास्तविक भूमिहीनको अधिकार सुरक्षित गर्नुपर्ने आवाज उठाइरहेका छन । सबै नागरिकलाई समान रुपमा हक अधिकारदेखि न्याय दिनुपर्नेमा जोड दिएका छन्।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds