Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दलदलमा परिमाण बेलडाँडी, बेलौरीको जमिन पुनरुत्पादनको लागि तीन किलोमिटर ड्रेन्च निर्माण 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ४, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

केशव थापा, कञ्चनपुर – कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँड- बेलौरीको सिमसार (दलदल) मा परिणत भएको जमिन पुनरुत्पादनको लागि ड्रेन्च निर्माण गरिएको छ । बेलडाँडी गाउँपालिका १, २ र बेलौरी नगरपालिका ९ को दलदल (सिमसार) मा परिणत भएको जमिन पुनरुत्पादनको लागि ड्रेन्च निर्माण गरिएको हो । 


झण्डै अढाई दशक अघि निर्माण भएको महाकाली सिँचाइ नहरको पानी चुहिएर खेतीयोग्य जमिन सिमसारमा परिणत भएको थियो । खेत दलदलमा परिणत भएपछि किसानले अढाई दशकदेखि अन्नबाली लगाउन पाएका थिएनन् । बेलौरी र बेलडाँडीको दलदल जमिन पुनरुत्पादनको लागि महाकाली सिँचाइ व्यवस्थापन कार्यालय, जल उपभोक्ता संघ केन्द्रीय एव द्वितीय समितिले सिमसार जमिनमा स्काभेटर लगाएर ड्रेन्च निर्माण गरेको छ । 


महाकाली सिँचाइ व्यवस्थापन कार्यालय महेन्द्रनगरका प्रमुख रामकृष्ण घोडासैनीले बेलौरी, बेलडाँडीको दलदलमा परिणत भएको जमिन खेतियोग्य बनाउनका लागि कार्यालयकै स्काभेटर प्रयोग गरेर नाला निर्माण गरिएको बताए ।  ‘यहाँ सिमसारमा परिणत भएको जमिन हामीले के गर्न सकिन्छ, भनेर एक पटक सर्वे गरेका थियौँ, ‘उनले भने, ‘जे जति सकिन्छ, कार्यालयबाटै स्रोत साधन प्रयोग गरेर हामीले खेतमा जमिनको पानी निकासका लागि ड्रेन्च बनाएका छौँ, यसबाट झण्डै अढाई सय किसान लाभान्वित हुने हाम्रो अपेक्षा छ।’ उखु धानखेतीका लागि उर्वराभूमि दलदलबाट मुक्त भएपछि किसानदेखि उद्योगीलाई सुविधा हुने छ ।


कार्यालयले मुल नहर सुरक्षित गर्नका लागि प्रयोग गर्दै आएको स्रोत साधन यस पटक हामीले बेलडाँडी, बेलौरीको दलदलमा परिणत भएको जमिनमा लगाएर किसानलाई केही राहत दिन खोजेको उनले बताए । थप विस्तार समेत गर्ने कार्यालय प्रमुख घोडासैनीले बताए ।  महाकाली सिँचाइ व्यवस्थापन कार्यालय महेन्द्रनगरका इन्जिनियर सालिक भुसालले जमेको पानी निकासका लागि झण्डै ३ हजार मिटर ड्रेन्च ५ फिट गहिराइ खनिएको बताए । ‘अब केही हदसम्म खेतमा जमेको पानी नालामै बग्छ, ‘उनले भने, ‘खेतमा भएको पानी सुक्दा खेत दलदलमुक्त भई खनजोत गर्न सकिन्छ ।’ 


महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रिय समितिका अध्यक्ष भीम बहादुर थापाले बेलडाँडी बजारदेखि झिलमिला बस्ती, झर्नाखोलादेखि रतनपुरसम्मै डेन निर्माण गरिएको बताए । अध्यक्ष थापाले किसानको समस्यालाई मध्य नजर गर्दै डेन निर्माण कार्य शुरु गरिएको बताए । ‘हामीले पहिलो चरणमा हामीले झर्नाखोलासम्म ड्रेन्च निर्माण गछौँ, ‘उनले भने, ‘बेलौरी नगरपालिका ९ रतनपुर हुँदै कमरीसम्मै निर्माण गर्ने योजना छ ।’ नहर चुहिएर बेलडाँडी गाउँपालिका १, ३ र बेलौरी नगरपालिका ९ को मात्रै अढाई हजार बिगाहा खेतीयोग्य जमिन सिमसार र दलदलमा परिणत भएको छ । २५ वर्षदेखि खेतीपाती लगाउन छाडेका किसान अब खेत सुधार भएसँगै कृषितर्फ उन्मुख हुने भएका छन । अध्यक्ष थापाले झण्डै १८ दिनको अवधिमा १४ सय लिटर इन्धन खर्चिएर डेन निर्माण गरिएको बताए । ‘सानो खर्चमा ठुलो काम भएको छ, ‘उनले भने, ‘यही काम ठेक्का र उपभोक्ता मार्फत गराएको भए लाखौँ रकम खर्च हुन्थ्यो ।’ 


महाकाली सिँचाइ जल उपभोक्ता संघ द्वितीय चरणका अध्यक्ष गोपाल कुँवरले दलदल जमिनमा नाला निर्माण भयसँगै जमिन खेतीपाती गर्न सहज हुने बताए । ‘खेतमा पानी जन्म नपाएपछि जमिनमा खनजोत गर्न सहज हुनेछ, ‘उनले भने, ‘खेत पुनरुत्पादनमा परिणत हुन्छ ।’ भएको जमिन सिमसारमा परिणत भएपछि स्थानीय किसान गुजारा चलाउन भारत पसेका छन । खेत सुधार भएपछि किसानहरूले स्वदेशमै कृषि उद्यम गर्ने बताएका छन । बेलडाँडीका स्थानीय किसान रमेश लुहारले खेतमा जमेको पानी निकासबाट खेत सुधार भएपछि नगदेबाली उखु सहितका धान खेती गर्न सकिने बताए । ‘अब यो जमिन दीर्घकालिन रुपमा सुधार गर्नुपर्छ, ‘उनले भने, ‘हजारौँ बिगाहा जमिन बषौँदेखि बाँझै रहँदा हामीले गुजारा चलाउन भारत जानुपर्ने बाध्यता थियो ।

अब स्वदेशमै उखु सहितका अन्नबाली लगाएर आत्मनिर्भर बन्छन् ।’ यसरी महाकाली सिँचाइ व्यवस्थापन कार्यालय सहित दुवै समितिले बेलौरी, बेलडाँडीको दलदल जमिन खेतीयोग्य बनाउन प्रयास थालेपछि किसान समेत हर्षित भएका छन । स्थानीय किसान गोपाल सिह ठगुन्नाले बषौँदेखि खेती गर्न बञ्चित भएको अवस्थामा खेतको पानी सुकेर नालामा गएसँगै खेती गर्न पाउने अपेक्षा राखेका छन । अर्का स्थानीय दिवान सिह ठगुन्नाले समेत दलदलमा परिणत भएको जमिन खेतीयोग्य परिणतिसँगै थप विचैविच र झर्नाखोलाको मुहानदेखि दक्षिण थप डेन निर्माण गर्नुपर्ने सुझाव दिएका छन । यस अघि बेलडाँडीकै खैरिघाट, झिलमिला, बैवाह, चवन्नी लगायतका क्षेत्रको जमिनमा पानीको निकास गरेपछि उक्त स्थानहरूमा अहिले किसानले खेती लगाइरहेका छन । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित
स्थानीय सरकार

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३
बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता
स्थानीय सरकार

बेलौरी नगरपालिकाले ९४ करोड ५५ लाख बजेट प्रस्तुत, कृषि र पूर्वाधार प्राथमिकता

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

लगातार चौथो दिन घट्यो शेयर बजार, नेप्से चार महिनायताकै न्यून विन्दुमा

असार ११, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३
फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

फिफा विश्वकपमा आज र भोलि विभिन्न समूहका महत्वपूर्ण खेलहरू

असार ११, २०८३
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थी प्रदर्शन

असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

रास्वपा केन्द्रीय सदस्य पदको मतदान सम्पन्न

असार ११, २०८३
लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

लालझाडी गाउँपालिकाको ४६ करोड ५ लाख बजेट सर्वसम्मत पारित

असार ११, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व