कञ्चनपुर – नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघकाे जनज्याेति क्याम्पस ईकाई कमिटि अध्यक्षमा पवन प्रसाद अवस्थी निर्विरोध चयन भएका छन् ।
नेविसंघ केन्द्रीय सदस्यहरूकाे उपस्थिति सहित विद्यार्थीहरूकाे भेलाबाट चैत्र १८ गते जनज्याेति क्याम्पसकाे ईकाई कमिटि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
इकाई कमिटि अध्यक्ष अवस्थीकाे अध्यक्षतामा ९ जना पदाधिकारी सहित ४२ सदस्यीय कार्यसमिति बिस्तार गरिएकाे नेविसंघ कञ्चनपुर जिल्ला अध्यक्ष नरेश पण्डितले बताउनु भयाे । उनले भने ‘जिल्लाका सबै क्याम्पसहरूमा ईकाइ कमिटि विस्तार गर्ने क्रममा हामिले जनज्याेतिमा पनि संगठन विस्तार गर्याे ।’ उहाँले अगाडि भने`हामिले यहाँ निर्विराेध अवस्थीकाे अध्यक्षतामा ४२ सदस्यीय कमिटि विस्तार गरेका छाै ।
उपसभापतिमा जितेन्द्र थलाल र सोनिया पन्त, सचिवमा गणेश भट्ट र गणेश जोशी , सह-सचीवमा नवीन जोशी र राजेन्द्र साउँद, कोषाध्यक्षमा कबिता पन्त लगाएत ४२ जना सदस्य सर्बसम्मत चयन भएका हुन ।