सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगिता : बिहिबार पाँच खेल सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगितामा बिहिबार पाँच खेल सम्पन्न भएका छन् ।

बिहिबारको पहिलो खेलमा भीमदत्त नगरपालिका -०९ (ए) ले भीमदत्त -१२ लाई २ विकेटले हराको छ भने प्लेएर अफ द म्याच जनक जोशी भएका छन्। दोस्रो खेलमा नेपाल प्रहरीले भीमदत्त -१८ लाई७३ रनले हराएको छ भने प्लेएर अफ द म्याच लोकेन्द्र सिंह थापा भएका छन्। तेस्रो खेलमा भीमदत्त -१० (बी) ले भीमदत्त -१५ लाई ७ विकेटले पराजित गरेको छ भने प्लेएर अफ द म्याच नितेश बिष्ट भएका छन्।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

चौथो खेलमा भीमदत्त -११ (बी) ले भीमदत्त -०४ लाई ४ विकेटले हराएको छ भने प्लेएर अफ द म्याच सुनिल क्षेत्री भएका छन् । बिहिबारको अन्तिम खेलमा भीमदत्त -१६ ले भीमदत्त -०६ लाई ८ विकेटले हराएको छ भने प्लेएर अफ द म्याच मुकेश बिष्ट भएका छन्।

भीमदत्त नगरपालिका -११ नम्बर वडा कार्यालयको आयोजनामा आइतबारदेखि प्रतियोगिता शुरु भएको हो। प्रतियोगिता २४ टिमको सहभागिता रहेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.