कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -११ गड्डाचौकीमा जारी दोस्रो मेयर कप डे-नाईट टि-१० क्रिकेट प्रतियोगितामा बुधबार पाँच खेल सम्पन्न भएका छन् ।

बुधबारको पहिलो खेलमा भीमदत्त -१५ ले भिमदत्त -०३ लाई ५८ रनले हराएको छ भने प्लेएर अफ द म्याच नारायण बोहरा भएका छन्। दोस्रो खेलमा भीमदत्त -०९ (ए) ले भीमदत्त -०२ लाई १० रनले हराएको छ भने प्लेएर अफ द म्याच बिर महता हुन् सफल भएका छन्। तेस्रो खेलमा भीमदत्त -१३ ले भीमदत्त -१७ लाई ५ विकेटले हराएको छ भने प्लेएर अफ द म्याच बिकास भट्ट भएका छन् ।

चोौथो खेलमा भीमदत्त -०८ ले दोधाराचाँदनी -०२ लाई ५ विकेटले हराएको छ भने प्लेएर अफ द म्याच दिनेश धामी भएका छन्। अन्तिम खेलमा भीमदत्त -०६ (बी) ले भीमदत्त -०९ (बी) लाई ७६ रनले हराएको छ प्लेएर अफ द म्याच हरिश जोशी भएका छन्। भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयको आयोजनामा आइतबारदेखि प्रतियोगिता शुरु भएको हो। प्रतियोगिता २४ टिमको सहभागिता रहेको छ।










Discussion about this post