कञ्चनपुर – कञ्चनपुर महेन्द्रनगरमा विद्यार्थी सङ्गठनले पहिलो अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन कञ्चनपुरको पार्टी एकता पछिको पहिलो जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।
सोमबारको जिल्ला अधिवेशनबाट प्रेम रावल अध्यक्षमा चयन भएका छन भने उपाध्यक्षमा शौरभ चन्द, अमित ठाकुर, महिला उपाध्यक्ष दिपिका तिवारी, सचिव अनमोल चन्द, सहसचिव आकृति शाह, कोषाध्यक्ष सुवास साउके, सदस्यहरू पुजा भाट, निर्मला भण्डारी, अनिता घटाल, प्रिया रोकाया, अनिता कु. भण्डारी, सोनिया चन्द, त्रिवेणी पन्त, विमला खत्री, भरत जोरा, जानकी जोशी, कविता बिष्ट, लिला साउद, दिया साउद, स्वस्तिका खत्री, दिपा भण्डारी, हिमन्ती भट्ट, दिनेश बिष्ट, रोशन भट्ट, दीपक भट्ट, निशा सुनार, विनिता सुनार, गणेश देउवा, विवेक पन्त रहेका छन् ।
कञ्चनपुर राप्रवि सङ्गठनका अध्यक्ष प्रेम रावलको अध्यक्षतामा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने विशिष्ट अतिथिमा केन्द्रिय सदस्य तीर्थराज चटौत, नन्दा देवी जोशी, विद्यार्थी केन्द्रिय अध्यक्ष कमल बम, कञ्चनपुर जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, कञ्चनपुर पत्रकार महासङ्घका अध्यक्ष माधव सिंह धामी लगायतको सहभागिता रहेको थियो । प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुरको अध्यक्षमा चयन हुनु भएका रावलले विद्यार्थीको हकहितका साथै शैक्षिक विकृति विरुद्धमा संघर्ष गर्ने बताए ।