सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीका स्थानीय तहलाई कानून तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि गर्न सञ्चालित तालिम सम्पन्न

गणेश एसके, कञ्चनपुर – कैलाली जिल्लाका स्थानीय तहहरुलाई कानुन तर्जुमा सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको छ । सुदूरपश्चमि प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय धनगढी, कैलाली र संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना-२ संयुक्त आयोजनामा स्थानीय तहहरुलाई दिइएको हो ।

महेन्द्रनगरमा आयोजित सो कार्यक्रम चैत १६ देखि १८ सम्म गरी ३ दिन संचालित गरिएको थियो । कैलालीका १३ वटा स्थानीय तहमा ४१ जना सहभागी थिए । कैलालीका स्थानीय तहहरु धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, चुरे गाउँपालिका, जानकी गाउँपालिका,जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका तथा मोहन्याल गाउँपालिकाका विधायन समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृत, कानून अधिकृत र योजना अधिकृतहरु तालिममा उपस्थित भएको जनाइएको छ ।

सुदूरपश्चामि प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगा बहादुर खरेलको अध्यक्षतामा उदघाटन भएको उक्त तालिममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, विशिष्ठ अतिथि सुदुरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्र राज जोशी अतिथिमा युएनडिपि नेपाल पोर्टफोलियो मेनेजर थी टेक टमटा लगायत मन्त्रालयका सचिवहरु सहभागी थिए ।कार्यक्रमको सञ्चालन युएनडिपीका सुदुरपश्चिम प्रदेश लिगल एड आउटरिच अफिसर भुवन राज चटौतले गरेका थिए ।

Mahakali Polytechnic

तालिममा विषेशगरी कानूनको आबस्यकता , महत्व र कानून तर्जुमा आधारभूत सिद्धान्तहरू , स्थानीय कानून तर्जुमा , कानूनको संरचना र सुधार गर्नुपर्ने कुराहरू, विधेयकको मस्यौदा तर्जुमा प्रक्रिया,संरचना तथा विधेयक तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु, गाउँ तथा नगर सभाले बनाएका ऐनहरुको अभिलेख राख्ने , राजपत्रमा प्रकाशित गर्ने विधि – ढाँचा , कानूनको संशोधनका प्रक्रिया , नीति कानून निर्माणमा मानव अधिकार आधारित दृष्टिकोण सम्बन्धमा प्रशिक्षित गरिएको सुदुरपश्चिम प्रदेश मुख्यमंत्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव गंगा बहादुर खरेलले बताए ।

World Link Ads

कानून न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारबाट उपसचिव जंग बहादुर डाँगी र शाखा अधिकृत ज्ञानेन्द्र महतो , सुदुरपश्चिम प्रदेश मुख्यमंत्री तथा मन्त्री परिषद कार्यालयका कानून सचिव गंगा बहादुर खरेल , आन्तरिक मामिला तथा कानून मन्त्रालय उपसचिव कृष्ण प्रसाद नेपाल, सुदुरपश्चिम प्रदेश सभा सचिवालय उपसचिव तेज प्रसाद जोशी लगायतले तालिममा प्रशिक्षकको रूपमा सहजीकरण गरेका हुन् ।

Sana Kishan

कानून तर्जुमा सम्बन्धी ज्ञान क्षमता अभिवृद्धि , संघ ,प्रदेश तथा स्थानीय तहबीच समन्वय स्थापित गर्नु , स्थानीय तहमा कानून निर्माणमा देखिएका जटिलता समाधान गर्न र संविधान प्रदत्त तिनै सरकार बीच एकल तथा साझा अधिकारको सम्बन्धमा सहकार्य र सहअस्तित्वको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको युएनडिपीका सुदुरपश्चिम प्रदेश लिगल एड आउटरिच अफिसर भुवन राज चटौतले बताए । आज कार्यक्रमको समापन भएको चटौतले बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.