Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निःशुल्क शिक्षा र छात्रवृत्तिको व्यवस्था मिलाउन पालिकाहरुलाई शिक्षा मन्त्रालयको आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ८, २०८०
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको व्यवस्था तथा निजी विद्यालयहरुमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन पालिकाहरुलाई निर्देशन दिएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले पालिकाहरुलाई पठाउनुभएको सर्कुलरमा विद्यालय मूल्याँकनको आधार छात्रवृत्ति र शुल्कलाई बनाउन पालिका सरकारसँग आग्रह गरिएको छ ।

विद्यालय तहसम्मको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्था स्मरण गराउँदै मन्त्रालयले सार्वजनिक विद्यालयमा विद्यार्थी भर्ना, मासिक, परीक्षा र पाठ्यपुस्तक वापत कुनै पनि शुल्क नलिन सर्कुलर गरेको छ । निजी विद्यालयले शिक्षा ऐनअनुसार भर्ना, मासिक, वार्षिक, परीक्षा, कम्प्युटर, स्थानान्तरण प्रमाणपत्र, विशेष प्रशिक्षण, परिवहन र भोजनबाहेकका शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयन गर्न मन्त्रालयले भनेको छ ।

निजी विद्यालयले पालिकाबाट तोकिएको शुल्क मात्रै लिन पाउने भन्दै शुल्क निर्धारण गर्न पालिकाहरुलाई आग्रह गरिएको छ । निजी तथा गुठीअन्तर्गत सञ्चालित विद्यालयमा भर्ना हुने विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न पनि भनिएको छ ।

निजी विद्यालयभित्रै वा तोकिएको पसलबाट मात्र पाठ्यपुस्तक, पोशाकलगायतका शैक्षिक सामग्री खरिद गर्नुपर्ने व्यवस्था नगर्न र अभिभावकलाई खुला बजारबाट खरिद गर्ने अवसर दिन पनि मन्त्रालयले भनेको छ ।

विद्यालयबाट प्रदान गर्ने छात्रवृत्ति र पालिकाबाट तोकिएको शुल्कको विवरण सम्बन्धित नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिबाट अनुमोदन गर्ने व्यवस्था मिलाउन तथा तोकिएको शुल्क र छात्रवृत्तिसम्बन्धी व्यवस्थाको विवरण सार्वजनिक गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ । उज्यालो अनलाइनमा समाचार छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना
फ्ल्यास हेडिङ

चक्रवात ‘अर्नब’को प्रभाव आजदेखि, शुक्रबार भारी वर्षाको सम्भावना

कार्तिक १२, २०८३
शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह
फ्ल्यास हेडिङ

शनिबारसम्म वर्षा र हिमपातको जोखिम, धान नकाट्न र यात्रा नगर्न आग्रह

कार्तिक ११, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न
फ्ल्यास हेडिङ

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कोप–३१ मा नेपालको आफ्नै प्याभिलियन, हिमालका मुद्दालाई प्राथमिकता दिइने

कार्तिक २१, २०८३
कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाँदै

कोप–३१ मा नेपालको सहभागिता, परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली टर्की जाँदै

कार्तिक २१, २०८३
तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको विशेष तयारी

तिहार र छठमा विद्युत् आपूर्ति नियमित राख्न प्राधिकरणको विशेष तयारी

कार्तिक २१, २०८३
भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले लिए टेस्ट क्रिकेटबाट सन्यास

कार्तिक २१, २०८३
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै

कार्तिक २१, २०८३
यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै, यमदूतका रूपमा कागको पूजा गरिँदै,,

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै, यमदूतका रूपमा कागको पूजा गरिँदै,,

कार्तिक २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व