सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्यो बसन्तले दु:ख कष्टको अन्त्य गर्छ ….

उनीहरु प्राय: देखिदैनन् जो काम खास गर्दछन्
अधिकांस औकात नहुनेहरूले बकबास गर्दछन्

जसले स्वार्थका लागि घर सम्म जलाउछ सक्छ
उसैबाट किन नेपाली परिवर्तनको आस गर्दछन्

भन्छन् त्यो बसन्तले दु:ख कष्टको अन्त्य गर्छ
तर मन बहलाउने काम यहीँ मधुमास गर्दछन्

दुनियाँमा मैले नबुझेको एउटा कुरा छ अनौठो
सोझाहरूले सधैँ किन धुर्तलाई विश्वास गर्दछन्

Mahakali Polytechnic

यो देशमा मुस्कुराउनु अपराध मानिन्छ महासय
तर पनि कोपिलाहरू मुस्कुराउने प्रयास गर्दछन्

World Link Ads

बाँचुञ्जेल सारै महङ्गा गाडीमा सयर गर्छ मान्छे
अन्तिम यात्राका साधन हुने हरियो बाँस गर्दछन्

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds