कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा जारी १५ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा महाकाली बहुप्राविधिक शिक्षालयले हेल्थ डेस्क राखेको छ। मेला सुरु भएदेखि महाकाली बहुप्राविधिक शिक्षालयले हेल्थ डेस्क राखेर निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।
शिक्षालयका निर्देशक पर्मल साउदले मेला सुरु भएकै दिनदेखि हेल्थ डेस्क राखेर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको बताए । उनका अनुसार मेलामा भीडभाड हुने भएकाले, भिडभाडको बेला स्वास्थ्य समस्या देखिएको खण्डमा हेल्थ डेस्कमा उपचार गरिने छ। उनले भने ‘मेलामा भिडभाड हुन्छ त्यो बेला स्वास्थ्य समस्या देखिएको खण्डमा हेल्थ डेस्कमा आएर प्राथमिक उपचार गर्न सकिनेछ।’
त्यसैगरी प्रि फार्मेसी क्लबकी अध्यक्ष सिर्जना न्यौपानेले मेलाको समयमा देखिएका शारीरिक समस्याको प्राथमिक उपचार गरिरहेको बताइन्। उनले भनिन् ‘मेलाको समयमा भिडभाड हुन्छ, मान्छे बेहोस हुन्छन् त्यो बेलामा हाम्रो टिमले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने छ।’ साथै उनले अन्य सामान्य चेक जाँच जस्तै बीपी चेक र पेन किलर लगायतका औषधीहरू निशुल्क प्रदान गरिने बताइन्। उनका अनुसार हेल्थ डेस्कबाट दैनिक ५० देखि ६० जना स्वास्थ्य सेवा लिइरहेका छन्।









Discussion about this post