रसुवा : रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत १२:३० बजे सम्म ३३६ जनाको उद्धार गरिएको छ ।
बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा आज बिहानदेखि टिमुरे, धुन्चे र मैलुङ इलाकाबाट ४५ जना विदेशी नागरिकसहित ३३६ जनाको सफल हवाई उद्धार गरिएको हो। उद्धार गरिएका विदेशी नागरिकहरू ६ फरक देशका रहेका छन्।
यसका साथै, विपद् प्रभावित क्षेत्रमा सेनाका करिब ४ हजार जनशक्ति परिचालित भएका छन्। उनीहरू घाइतेहरूको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण कार्यमा खटिएका छन्। विपद्को यस घडीमा सेनाले अन्य निकायहरूसँग समेत समन्वयात्मक भूमिका निर्वाह गर्दै राहत कार्यलाई प्रभावकारी बनाइरहेको नेपाली सेनाले जनाएको छ ।










Discussion about this post