सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोट ९ का सदस्यद्वय राना र जोशीद्वारा वडा भित्रका असहाय परिवारलाई झुल वितरण  

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा सदस्यद्वय घुम्मन राना र महेश दत्त जोशीले वडा भित्रका गरिब, असहाय, विपन्न तथा एकल महिलालाई झुल वितरण गरेका छन्। शनिबार एक कार्यक्रमको आयोजना गर्दै वडा सदस्यद्वयले बैजनाथ बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिको विशेष पहलमा वडा भित्रका गरिब, असहाय, विपन्न तथा एकल महिला गरी ३५ परिवारलाई वटा झुल वितरण गरेका हुन्। 

No description available.
उक्त कार्यक्रममा बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष पदम सिह कुँवरको अध्यक्षता रहेको थियो भने वडा नम्बर ९ का अध्यक्ष जनक बहादुर बिष्टको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष बिष्टले सदस्यद्वयले गरेको उक्त कार्यको प्रशंसा गर्दै वडा कार्यालयबाट यस्ता सामाजिक कार्यहरूमा निरन्तरता रहने बताए। साथै उनले वडाबाट बजेट छुट्याई  एक लाख पचास हजार बराबरको पाइप बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कुवरलाई हस्तानतरण गरिएको बताए।

कार्यक्रममा बोल्दै बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष कुँवरले बैजनाथ बैजानाथ सुडा खानेपानी तथा सरसफाइ समितिको विशेष पहलमा सदस्यद्वयलेसहयोग गरको बताए। साथै उनले सदस्यद्वयले गरेको कार्यको प्रशंसा गरेका छन्। उनले भने ‘वडा कार्यालयलाई विशेष धन्यवाद यसरी सहयोग गरिरहनुभएको छ र आगामि दिनहरूमा पनि सहयोगको अपेक्षा गरेको छु। साथै वडा सदस्यद्वयले गर्मिको समयमा वडा भित्रका गरिब, असहाय, विपन्न तथा एकल महिलाले  भोग्नुपरेको समस्यामा केही राहत प्रदान गर्नुभएको छ यसको लागि उहाँहरूलाई पनि विशेष धन्यवाद छ।’

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds