सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घटाल मावि सुडामा २५ वर्ष शिक्षण गरेका केसीको भव्य बिदाइ, ब्यान्डबाजा र गाडी सहित घरैसम्म पुगाइयो

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ७ मा रहेको घटाल मावि सुडामा २५ वर्षदेखि शिक्षण पेसामा रहेर अवकाश हुनुभएका शिक्षक नरेश बहादुर केसीको भव्य बिदाइ गरिएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरि उनको बिदाइ गरिएको स्थानीय एवम् समाजसेवी नरेश भट्टले जानकारी दिएका छन्।

Sana Kishan

केसी ३८ वर्ष शिक्षण पेसामा आवद्ध रहेका थिए। उनी २०४२ सालदेखि भने घटाल मावि सुडामा शिक्षण पेसामा आवद्ध रहेका थिए। उनले १३ वर्ष भुवनेश्वरी मावि सिसैयामा पनि शिक्षण गरेका थिए। बिदाई कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ७ का अध्यक्ष थानेश्वर प्रसाद भट्टको प्रमुख आतिथ्य रहेको थियो भने घटाल मावि सुडाका प्रधानाध्यापक कृष्ण भण्डारीको सभापतित्व रहेको थियो।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

अवकाश भएका केसीलाई विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, पिटिएका पदाधिकारी लगायतले मायाको चिनो प्रदान गरेका छन् भने उनलाई उनको घरैसम्म ब्यान्डबाजा र गाडी सहित पुगाइएको समाजसेवी भट्टको भनाइ रहेको छ। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.