Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

उदयदेव माध्यमिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
फाल्गुन ७, २०८०
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका ९ मा रहेको उदयदेव माध्यमिक विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जनक बहादुर बिष्टको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितका अध्यक्ष भरत बहादुर रोकायाको सभापतित्व रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् वडा अध्यक्ष बिष्टले वडामा रहेको उक्त विद्यालयले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयलाई वडाबाट हुने हरेक सम्भव सहयोग गर्ने प्रतिवद्धता गरेका छन्। साथै उनले वडा कार्यालय शिक्षाको क्षेत्रमा संवेदनशिल रहेको बताएका छन्।

त्यसैगरी विद्यालय व्यवस्थापन समितका अध्यक्ष भरत बहादुर रोकायाले विगतको दिनभन्दा विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भइरहेको बताए। उनले भने ‘विगतका दिनभन्दा हाम्रो यस विद्यालयमा शैक्षिक गुणस्तर बढेको छ र हामी निरन्तर विद्यालयको स्तरोन्नति हुने कार्यतिर निरन्तर खटिएका छौँ।’

विद्यालयका शिक्षक लवेदव अवस्थीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेश्वर दत्त भट्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी कार्यक्रममा विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ भने विद्यालयले सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको छ।

विद्यालयले वार्षिकोत्सवमा विद्यालय स्थापना र सञ्चालनमा सहयोग गर्ने विभिन्न संस्था र व्यक्तिहरूलाई पनि सम्मान पत्र सहित सम्मान गरेको छ भने विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षकलाई समेत सम्मान गरिएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार, विद्यार्थी, अभिभावक लगायतको भव्य उपस्थिति रहेको थियो भने विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएका थिए। साथै कार्यक्रममा सहिदहरूको तस्वीरमा माल्यार्पण समेत गरिएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत
कन्चनपुर

सार्कले गर्‍यो कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत

असार २२, २०८३
कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग
कन्चनपुर

कुमारी बैंक दोधारा चाँदनी शाखाद्वारा भानु बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड भेन्डिङ र डिस्पोजल मेसिन सहयोग

असार १८, २०८३
बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट
कन्चनपुर

बेलडाँडी गाउँपालिकाले ल्यायो ४१ करोड ६९ लाखको बजेट

असार ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३
विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

विस्थापित सुकुम्वासीलाई दिँदै आएको खाना रोकियो

असार २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

असार २२, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व