आँखाको इसारा सङ्गै मनको बहावले
हात बाँधि हिडौँ भने रम्ने कुनै बगान छैन्
तत्काल एक बनौं भने मेरो फकिर झैं
जिन्दगीको ठेगान छैन्
म तरक्की खोज्न बाटो ढल्काइरहेको
बटुवा न हुँ
कहाँ छु कहाँ जान्छु भनु
पङ्ख नभएको चराको कुनै उडान छैन्
हृदयस्पर्ष हृदयमा नै समाधि बनाई,
अलौकिक मार्गको तलासमा छु
फर्किने गुण पारदर्शी छैन्,
म यमदुत नजिक ऐयासमा छु
कारागार चलान अपराधी झै समग्र उत्कण्ठा
शूली चढाइ यात्राको बहावमा छु
प्रारम्भ नभै अगम्य बनेको पहिचान झैँ
प्रश्न नभएको जबाफमा छु
यी येस्तै गतिमा बात बनाई
कसरी भन्छौ हामी प्रेमले नै जीवन
चलाउँला भनेर
मुनालाई मदनले छोडेको पनि
प्रेमिल संसारमा मनको महल मायाकै दरबारले
नपुगेर त होला
माया मोहमा वास्तविक परिस्थितिले चपेटामा हालेको
जीवन नचलेर त होला
हो तेही भाको छ,
तेसैले त पर्खाइमा बसि कलिलो यौवन
नमिल्काउ भनी भन्छु
हात बाँधौं भन्दा पनि
तिमी कतै मुना बन्छौ भन्ने सधैं डरमा हुन्छु ।।
✍️ सन्दिप समर्पण









Discussion about this post