कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अन्तरकृया एव प्रशिक्षण सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको अन्तरकृया एव प्रशिक्षण सम्पन्न भएको हो । शनिबार विशेष पूर्ण बैठक, अन्तरकृया एव प्रशिक्षण सम्पन्न भएको जनाईएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोविन्द ढाँटले नयाँ शिक्षा ऐनदेखि शिक्षकका हकहित शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित विविध विषयमा छलफल गरिएको बताए । उनका अनुसार आगामी फागुनभित्रै पालिका परिषद गर्ने १० चैत्रमा जिल्ला परिषद् महेन्द्रनगरमा गर्ने बताए ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सह संयोजक मदनराज जोशीको प्रमुख आतिथ्यमा भएको थियो । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डे, एकीकृत अखिल नेपाल शिक्षक संगठन सुप प्रदेशका अध्यक्ष खडक मन्नी विशिष्ट अथिति रहेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष गोविन्द ढाँटको अध्यक्षतामा भएको कार्यक्रममा वीर सिङ धामी ९ केन्द्रिय कार्यालय सदस्य कञ्चनपुर इन्चार्ज ० रमा पन्त ९ केन्द्रिय सदस्य , प्रविधि मैत्री जिल्ला इन्चार्ज धौल सिह जाग्री ९ प्रदेश वरिष्ठ उपाध्यक्ष परमानन्द नाथ ९ प्रदेश अर्थ उपमहासचिव ० , प्रदेश सल्लाहकार सदस्य हरु , प्रदेश सदस्यहरू , राष्ट्रिय परिषद सदस्यहरू सहभागिता रहेको थियो । जिल्ला उपाध्यक्ष डम्बर दत्त जोशीले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमको संचालन सचिव लोकमणी भट्टले गरेका थिए ।