पल
पल एक पल
मार्छ नमारेर
पिडाले पोल्छ छाती
आगो नबालेर
को होला त्यो के होला
जो पीडा दिन्छ
को हु म किन हु म?
जो बिबस भएर
चुपचाप रहेर
पिडाको दरबार भत्काउदै गर्दा
सबैथोक सकिन्छ।
यो पललाइ पलायन गराइ
यो पिडालाइ अग्निमा जलाइ
एक अर्को पल टिपेर
टाढा जान मन छ
जहाँ मेरो अस्तित्व पलाउदै छ।
मेरो अनमोल पल कति सस्तो बन्यो आज
मेरो लक्ष्यलाई लत्त्याएर जाने
शस्त्र बन्यो आज
मलाइ शुन्य नबनाउ भन्दा
समयलाइ लल्कार्ने अपराधी बने आज
मलाइ गिज्याउछ मेरो झुटो मुस्कान
मजबुरिले पन्ख काटी दियो
अब एक्लो छ मेरो आशमान
मैले गन्तव्यको चित्रलाइ रङ्गीन बनाउन सकेन
अब यो मलिन पल खोजिरहेछ श्मशान ।









Discussion about this post