बाबा तिमीले वर्षाएका लाठीहरू भित्र
लुकेको त्यो अनमोल माया
चर्को घाममा स्कुल पठायो निर्दयी बनी
तर मनभित्र रूख रोपी प्रदान गरायो शीतल छाया
थाहा छैन तिम्रा कदम निष्ठुरी
सम्झी कतिको गलत सम्झे हुँला
थाहा छैन तिम्रा लागि
मनमा कतिको विष भरे हुँला
फूल सजाउनेका लागि
कतिका काँडा बिछाए हुँला
सही कुरा गर्दा पनि तिमीले,
सायद म रिसाए हुँला
तिमी त ढुङ्गा हैनौ तिमी त्यो फुल रहेछौ
देख्दा शक्त भएनि भित्रबाट कोमल रहेछौ
बाबा, कठोर परिस्थिति
त तिमीले पो सामना गरेछौँ
मेरा लागि तिमीले आफ्ना भाव नै
– राधिका जोशी









Discussion about this post