सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज कुन ठाउँको मौसम कस्तो छ ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले लुम्बिनी प्रदेशलगायत देशका केही पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

Sana Kishan

विभागका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । हिमपात तथा देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ । मकालु खबर बाट

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.