सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम बदली : पानी नपर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ ।

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बदली र अरु ठाउँमा मौसम सामान्यतया सफा नै छ । मौसम बदली भएका ठाउँमा पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

Sana Kishan

कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । बादल लागेका कारण हिजो बिहानको तुलनामा आज न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री बढेको मौसमविद् लामिछानेले बताउनुभयो ।

World Link Ads
Mahakali Polytechnic

हिजो बिहान काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री रहेको थियो । बिहान/बेलुका चिसो छ । चिसोबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध गरेको छ । उज्यालो अनलाइन

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.