सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अझै केही दिनको मौसम यस्तै धुम्म हुने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । केही दिनदेखि देशका धेरै ठाउँमा हुस्सु कुहिरो लाग्न थालेको छ । मौसम पूरै सफा हुन सकेको छैन ।

पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली हुँदै आइरहेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार अझै केही दिनको मौसम यस्तै रहने अनुमान छ । पहाडी क्षेत्रमा दिउँसो घाम लागे पनि फेरि बादल लाग्ने क्रम चलिरहेको छ ।

Sana Kishan

यस्तै, तराईका जिल्लामा ढिलोगरी मात्रै कुहिरो हट्ने गरेको छ । यसले गर्दा तराईको जनजीवन प्रभावित हुन थालेको छ । आज पनि तराईमा बाक्लो कुहिरो लागेको छ । दिउँसो पछि मात्रै कुहिरो हट्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रमा भने केहीबेरपछि कुहिरो हटेर घाम लाग्ने अनुमान छ ।

World Link Ads
Health Notice Kanchanpur

यस्तै, आज पनि उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको अनुमान गरिएको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.