Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर २४, २०८०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२३ तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन र समीक्षा बैठक सम्पन्न भएको छ ।

आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराको प्रमुख आतिथ्यता रहेको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टको सभापतित्व रहेको थियो। कार्यक्रम हिंसा विरुद्धको १६ दिने अभियानमा भएका उपलब्धि र चुनौतीको विषयमा छलफलात्मक समीक्षा गर्दै समापन भएको हो ।

May be an image of 13 people, people studying, hospital and text

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहोराले लैंगिक हिंसाका घटना विगतको भन्दा वर्तमान समयमा घट्दै गएको बताएका छन्। समाजमा हिंसाका घटना एकैपटक परिवर्तन नभइ  बिस्तारै सुधार हुँदै जाने नगर प्रमुख बोहराको भनाइ रहेको छ। उनले भने ‘हाम्रो समाजमा लैंगिक हिंसाका घटना महिला र पुरुष दुवैबाट हुने गरेको छ। लैङ्गिक हिंसा रोक्न सबैको सोच परिवर्तन हुन जरुरी छ। हिंसा रोक्न हरेक नागरिकले सकारात्मक सोच राख्नुपर्ने आवश्यकता रहेको छ।’ साथै नगर प्रमुख बोहराले लैंगिक हिंसाको अभियान औपचारिकतामा सीमित नराखी जनमुखी र हिंसा कम गर्न प्रत्यक्ष लाभदायी बनाउनुपर्ने सुझाव व्यक्त गरेका छन्।

May be an image of 8 people, people studying, hospital and text

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानमा भएका उपलब्धीहरूको प्रगति विवरण प्रस्तुत गर्दै हिंसा विरुद्ध वेदकोट नगरपालिका लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको अभियान समाजमा हिंसा न्यूनीकरण गर्नका लागि प्रभावकारी भूमिका खेल्ने आशा रहेको बताइन्। १६ दिने अभियानबाट ४७५ जना महिलाहरूलाई हिंसा रोक्न जनचेतना अभिवृद्धि गराउने कार्य भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पन्तको भनाई रहेको छ।

No description available.

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिका ५ का अध्यक्ष चित्रदेव भट्टले अघिल्लो वर्षमा हुने अभियान भन्दा यस वर्ष फरक ढंगले अभियान परिचालन भएको बताएका छन् । साथै अध्यक्ष भट्टले वडाको बजेटले भ्याएसम्म समाजमा लैंगिक हिंसा कम गर्न लाग्ने  प्रतिबद्धता  गरेका छन्।

May be an image of 8 people, people studying and television

स्विट नेपाल कञ्चनपुरका अध्यक्ष अमित तिरुवाले विगत ५ वर्षदेखि स्विट नेपाल कञ्चनपुरले वेदकोट नगरपालिकासँग विभिन्न कार्यक्रमहरूमा साझेदारी तथा सहकार्य गर्दै आइरहेको बताए। साथै हिंसा विरुद्धको लडाइँमा महिला-पुरुष दुवैको समान सहभागिता आवश्यक रहने  अध्यक्ष तिरुवाको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै मनोपरामर्शदाता द्वारिका कुँवरले गाउँ समाजमा मनोसामाजिक समस्याको समाधान गर्न नगरपालिकाले मनोपरामर्शदाता राख्नुपर्ने धारणा व्यक्त गरिन्। स्विट नेपाल कञ्चनपुरकी प्रोग्राम अफिसर मिना आउजीले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । हिंसा विरुद्धको १६ दिने अभियानमा स्विट नेपाल कञ्चनपुर, निड्स नेपाल, वुमन्स बैंक, एफसीए लगायतका संस्थाको सहकार्य रहेको थियो। 

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग
कला/संस्कृति

पशुपतिनाथको सुरक्षा र प्रवेश व्यवस्थामा कडाइ गर्न विश्व हिन्दु परिषद्को माग

अशोज २१, २०८३
संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
फ्ल्यास हेडिङ

संघीय संसद्का दुवै सदन आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

अशोज ५, २०८३
भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व