सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस २०२३ तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन र समीक्षा बैठक सम्पन्न भएको छ ।

आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख भोजराज बोहोराको प्रमुख आतिथ्यता रहेको थियो भने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्टको सभापतित्व रहेको थियो। कार्यक्रम हिंसा विरुद्धको १६ दिने अभियानमा भएका उपलब्धि र चुनौतीको विषयमा छलफलात्मक समीक्षा गर्दै समापन भएको हो ।

World Link Ads
Mahakali Polytechnic

May be an image of 13 people, people studying, hospital and text

Dirghayu Ads

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहोराले लैंगिक हिंसाका घटना विगतको भन्दा वर्तमान समयमा घट्दै गएको बताएका छन्। समाजमा हिंसाका घटना एकैपटक परिवर्तन नभइ  बिस्तारै सुधार हुँदै जाने नगर प्रमुख बोहराको भनाइ रहेको छ। उनले भने ‘हाम्रो समाजमा लैंगिक हिंसाका घटना महिला र पुरुष दुवैबाट हुने गरेको छ। लैङ्गिक हिंसा रोक्न सबैको सोच परिवर्तन हुन जरुरी छ। हिंसा रोक्न हरेक नागरिकले सकारात्मक सोच राख्नुपर्ने आवश्यकता रहेको छ।’ साथै नगर प्रमुख बोहराले लैंगिक हिंसाको अभियान औपचारिकतामा सीमित नराखी जनमुखी र हिंसा कम गर्न प्रत्यक्ष लाभदायी बनाउनुपर्ने सुझाव व्यक्त गरेका छन्।

May be an image of 8 people, people studying, hospital and text

Sana Kishan

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले १६ दिने अभियानमा भएका उपलब्धीहरूको प्रगति विवरण प्रस्तुत गर्दै हिंसा विरुद्ध वेदकोट नगरपालिका लगायत विभिन्न संघ संस्थाको सहकार्यमा भएको अभियान समाजमा हिंसा न्यूनीकरण गर्नका लागि प्रभावकारी भूमिका खेल्ने आशा रहेको बताइन्। १६ दिने अभियानबाट ४७५ जना महिलाहरूलाई हिंसा रोक्न जनचेतना अभिवृद्धि गराउने कार्य भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पन्तको भनाई रहेको छ।

No description available.

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिका ५ का अध्यक्ष चित्रदेव भट्टले अघिल्लो वर्षमा हुने अभियान भन्दा यस वर्ष फरक ढंगले अभियान परिचालन भएको बताएका छन् । साथै अध्यक्ष भट्टले वडाको बजेटले भ्याएसम्म समाजमा लैंगिक हिंसा कम गर्न लाग्ने  प्रतिबद्धता  गरेका छन्।

May be an image of 8 people, people studying and television

स्विट नेपाल कञ्चनपुरका अध्यक्ष अमित तिरुवाले विगत ५ वर्षदेखि स्विट नेपाल कञ्चनपुरले वेदकोट नगरपालिकासँग विभिन्न कार्यक्रमहरूमा साझेदारी तथा सहकार्य गर्दै आइरहेको बताए। साथै हिंसा विरुद्धको लडाइँमा महिला-पुरुष दुवैको समान सहभागिता आवश्यक रहने  अध्यक्ष तिरुवाको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै मनोपरामर्शदाता द्वारिका कुँवरले गाउँ समाजमा मनोसामाजिक समस्याको समाधान गर्न नगरपालिकाले मनोपरामर्शदाता राख्नुपर्ने धारणा व्यक्त गरिन्। स्विट नेपाल कञ्चनपुरकी प्रोग्राम अफिसर मिना आउजीले सञ्चालन गरेको उक्त कार्यक्रममा जनप्रतिनिधि लगायत सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो । हिंसा विरुद्धको १६ दिने अभियानमा स्विट नेपाल कञ्चनपुर, निड्स नेपाल, वुमन्स बैंक, एफसीए लगायतका संस्थाको सहकार्य रहेको थियो। 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.