सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म

सुदूरपश्चिम प्रदेश बाहेकका ठाउँको मौसम धुम्म भएको छ । बिहानैदेखि बादल र हुस्सु लागेको छ । यसले गर्दा चिसो बढेको छ । बादल र हुस्सु लागेको ठाउँमा पश्चिमी वायुको प्रभाव रहेको मौमसविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा आज हिजोको जस्तो मौसम खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । हुस्सु हटेर केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने उहाँले बताउनुभयो ।

Sana Kishan

यस्तै, तराईका जिल्लामा दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ । सुदूरपश्चिम प्रदेशको मौसम भने सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो ८ दशमलव २ डिग्री सेल्सियस थियो ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.