सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आज मौसम दिनभर बदली रहने : कोशी प्रदेश र तराईका एक दुई ठाउँमा फाट्टफुट्ट वर्षा

काठमाण्डौ – आज बिहान कोशी प्रदेश र तराईका एक दुई ठाउँमा फाट्टफुट्ट पानी परेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार बिहान यी क्षेत्रका एक दुई ठाउँमा फाट्टफुट्ट पानी परेको हो । अन्य क्षेत्रमा भने बादल लागे पनि पानी परेको छैन ।

Sana Kishan

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ । आज दिनभरी नै मौसम यस्तै रहने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको हो ।

केही ठाउँमा घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । उहाँका अनुसार आज रातिदेखि भने मौसममा क्रमिक सुधार आउने सम्भावना छ । आज भन्दा भोलिको मौसम खुल्ने मौसमविद्को भनाइ छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.