सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटका १२ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् । उत्कृष्ट काम गरेको भन्दै नगरपालिका स्वास्थ्य शाखाले १२ महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । मंगलबार २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा उनीहरूलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेको जनाएको छ । वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिसा पालले उत्कृष्ट काम गर्ने र ६० बर्ष भन्दा बढि उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको बताए ।

No description available.

उनका अनुसार ६० बर्ष भन्दा बढि उमेर पुगेका दुर्गा शर्मा, सावित्री चन्द, देवकी पन्त, गोमा रावल सहित बसन्ती बडु, अञ्जु साउद, बैजन्ती तिरुवा, शान्ति भट्ट, भागरथी चौधरी, पार्वती जोशी, लक्ष्मी भट्ट, ईन्द्रा साउद रहेका छन । उनीहरूलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्मानित भएका महिला स्वास्थ्य स्वयंसेविकाले नगरपालिकाप्रति आभार प्रकट गरेका छन् ।

No description available.

Mahakali Polytechnic

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वेदकोट नगरका मेयर भोजराज बोहराले महिला स्वास्थ्य स्वयंसेविकाको उच्च भूमिका रहेको बताए । मेयर बोहराले ६० वर्षपछि अवकाश जाने हरेक महिला स्वास्थ्य स्वयंसेविकालाई नगद १ लाख, १ हजार सहित सम्मान गरिने बताए । वेदकोट नगर स्तरीय महिला स्वास्थ्य स्वयंसेविका समन्वय समितिका अध्यक्ष पार्वती रोस्याराले महिला स्वास्थ्य स्वयंसेविकाको पीडा थुप्रै रहेकाले बीमा देखिका विषयमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा वेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदम राज भट्ट, भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली सहितका जनप्रतिनिधि, कर्मचारी एवम् महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

World Link Ads

No description available.

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.